News Portal

कास्कीका दुई सहकारी गाभिए।

टंकराज अधिकारी
१०८४ पटक

कास्की ।कास्कीका दुुई  सहकारीसंस्थाहरु एकिकृत कारोवार गर्ने गरी गाभिएका(मर्ज भएका) छन । बैंक तथा वित्तिय संस्थाहरु मर्ज भइरहेका बेला सोमवार अन्नपूर्ण गाउँपालिका कास्की र पोखरा महानगरपालिकामा संचालित दुई सहकारी संस्थाहरुबीच मर्जर प्रक्रिया सकिएको छ ।

पोखरा महानगरपालिका वड़ा नं २ मिरुवामा रहेको ढिकुरपोखरी समाज बचत तथा ऋण सहकारी संस्था र अन्नपूर्ण गाऊँपालिका कास्की, वड़ा नं २ सेराचौरमा रहेको सेराचौर कृषि सहकारी संस्थाबीच एकआपसमा मिल्ने (मर्जर) भएको हो ।

दुई सहकारीहरु मिलेर अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नामबाट सोमवारबाटै एकिकृत कारोवार सुरु भएको मर्जर समितिका संयोजक एवं ढिकुरपोखरी समाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयों।

४ सय २ सेयर सदस्य, दुई करोड ४५ लाख २० हज़ार कारोवार गर्ने ढिकुरपोखरी र २ सय ९ सेयर सदस्य ४८ लाख ५० हज़ार कारोवार गर्ने सेराचौर कृषि सहकारी बिच मर्ज़ भई २ करोड ९३ लाख ४७ हज़ार कारोवार गरेको छ।

एकीकृत कार्यदलका संयोजक एवं ढिकुरपोखरी बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष इन्द्रप्रसाद पौडेल र सेराचौर कृषि सहकारीका अध्यक्ष शोभाखर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको विशेष साधारण सभामा प्रमुख अतिथि भूमि तथा सहकारी मंत्रालयका अधिकृत गुरुदत्त पौडेलले सहकारीको संख्या घटाउँदै लगेर सहकारी सदस्यको संख्या बढाउँदै लैजाने स्थानीय सरकारको नीति अनुसार सहकारी मर्ज भएर एकिकृत कारोवार गरेकोमा धन्यवाद दिनुभयो ।जब सहकारी बलिया हुन्छन् त्यसपछि मात्र उसले आफ्नो क्षेत्रमा सेवा दिन सक्छ, काम देखाउन सक्छ । यस हिसाबले पनि नेपालमा पनि सहकारी मर्जमा जानुपर्छ भनेर कुरा उठेको हो ।

उहाँले एक घर एक सहकारी सदस्यको नारा साकार पार्न यस्ता कार्यक्रमले सहकारी मार्फत आयआर्जन वृद्धि र स्वरोजगारी सिर्जना गर्नमा टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा अन्नपूर्ण गाऊँपालिका कास्कीका प्रशासकीय अधिकृत युवराज अधिकारी, वड़ा नं २ का वड़ाध्यक्ष चुडामणि अधिकारी, ढिकुरपोखरी समाज पोखराका अध्यक्ष बिष्णुप्रसाद अधिकारी, पूर्व अध्यक्ष लोकराज भण्डारी, समाजका सल्लाहकार आशबहादुर गुरुंग, कृषक मिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मदन पौडेल, ढिकुरपोखरी बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, उपाध्यक्ष लालबहादुर कुँवर, सचिव मनपती अधिकारी, कोषाध्यक्ष बाबुराम भण्डारी, सदस्य सरिता सुबेदी, लगाएतले सहकारीमा आवद्ध भएर काम गर्न सम्पूर्णलाई आग्रह गर्नुभएको थियो।

नयाँ कार्यसमिति एकिकरण पछिको विशेष साधारण सभाले इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरेको छ ।

जसको उपाध्यक्षमा लालबहादुर कुँवर, सचिव मनपति अधिकारी, कोषाध्यक्ष बाबुराम भण्डारी र सह सचिवमा लक्ष्मी अधिकारी रहनुभएकोछ ।

सदस्यहरूमा रामेश्वर पौडेल, दुर्गाप्रसाद पौडेल, कृष्णप्रसाद दाहाल, सरिता सुवेदी, नवराज अधिकारी र शान्ति गुरुंग रहनु भएको छ ।

त्यसैगरी लेखा समितिको संयोजकमा जनकराज पौडेल, सदस्यमा बलभद्र पौडेल र देवीलाल भारती रहनु भएको छ ।

प्रतिकृया दिनुहोस्