News Portal

  • अखिल (क्रान्तिकारी) संगठन विस्तारमा, अतिक्रमण विरुद्ध सडक संघर्ष गर्ने उद्घोष

    रातोपोस्ट संवाददाता
    ७२६ पटक

    सुनसरी । नेेेेेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल ( क्रान्तिकारी ) मेची- कोशी क्षेत्रीय समन्वय समितिले कम्युनिस्ट विद्यार्थी अभियान २ अन्तर्गत पुर्वका झापा, माेरङ, सुनसरी लगायतका जिल्लाहरुमा संगठन निर्माणलाई जाेड दिएको छ।

    पुर्वका विभिन्न स्कुल तथा क्याम्पसहरुमा संगठन बिस्तारलाई व्यापक बनाउदै सिमा अतिक्रमणका बिषयमा सडक संघर्ष गर्ने अखिल  (क्रान्तिकारी ) ले जनाएको छ।

    सरकारद्वारा विप्लव नेकपालाई प्रतिबन्ध गरेपश्चात पहिलोपटक यतिबेला विप्लव निकट विद्यार्थीहरुले देशभर प्रतिबन्धलाई बेवास्ता गर्दै

    भारतीय सिमा अतिक्रमणकाे व्यापक विरोध गर्दै आएका छन्।

    भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भुमि कालापानी ,लिम्पियाधुरा ,लिपुलेक लगायतका भुभाग समेटेपछि पार्टीका महासचिव विप्लवले उक्त भारतीय गिद्दे दृष्टिकाे भण्डाफाेर गर्दै चरणबद्ध संघर्षका कार्यक्रम घाेषणा गरेका थिए।

    यतिबेला देशभर विप्लव निकट विद्यार्थीहरु भारतीय हस्तक्षेपका विरुद्ध सडकमा आन्दोलन गरिरहेका छन्, भने धेरै विद्यार्थी नेताहरु पक्राउ समेत परेका छन्।

    काठमाडौंमा भारतीय हस्तक्षेप विरुद्ध  विरोध प्रदर्शनी गर्ने क्रममा ४ जना विद्यार्थी नेताहरु पक्राउ परेका छन्। दमकमा केही समय अगाडि मेचि-काेशि क्षेत्रीय समन्वय समितिकाे आयोजनामा  विशाल प्रदर्शन भएकाे थियोे भने

    दाेस्राे चरणको आन्दोलनमा यतिबेला अखिल (क्रान्तिकारी) ले संगठन विस्तार अभियानलाई तिव्रता दिई रहेको जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)