
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
बोर्डले २०७६ साल कात्तिक ३० र मंसिर १ गते भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
परीक्षामा देशभरबाट एक लाख ४ हजार ३४६ जना सम्मिलित भएका थिए ।
४ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।
परीक्षाफल हेर्नका लागि नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा प्राप्त गर्न सकिन्छ ।
नतिजा हेर्नको लागि !
http://neb.ntc.net.np
www.neb.gov.np/results
https://results.ekantipur.com
https://neb.edusanjal.com
Type NEB Symbol-Number and send SMS to 35001.