News Portal

  • देशद्रोहको अभियोगमा पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला

    रातोपोस्ट संवाददाता
    ५९० पटक

    काठमाडौं। पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुसर्रफलाई मृत्युदण्डको फैसला सुनाइएको छ ।

    पाकिस्तानको एउटा विशेष अदालतले सेना प्रमुखबाट, सैनिक शासक हुँदै आफैलाई राष्ट्रपति घोषणा गरेका परवेज मुशर्रफलाई

    देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको पाकिस्तानी मिडिया डनले जनाएको छ ।

    पेशावर उच्च अदातलका मुख्य न्यायाधीशसहितको तीन सदस्यीय इजलासले मङ्गलवार मुशर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको हो। फैसला ४८ घण्टाभित्रमा जारी हुने समाचारमा उल्लेख छ ।

    पाकिस्तानी सञ्चारमाध्यमले यो आदेशलाई पाकिस्तानको इतिहासमै पहिलो भनेका छन्।

    डन पत्रिका लेख्छ– ‘उच्च अदालतका प्रधान न्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले

    मङ्गलवार लामो समयदेखि चलेको देशद्रोहको मुद्दामा पूर्वसैनिक शासकलाई मृत्युदण्डको सजाय सुनाएको हो।’

    उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको डनले लेखेको छ।

    यो मुद्दा सन् २०१३ देखि विचाराधीन थियो। मुशर्रफ सन् २०१६ देखि यूएईको दुबईमा रहेको डनले लेखेको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)