News Portal

रवि लामिछानेको रियालिटी शोमा शर्तसहित सुरेन्द्र केसी जान तयार

रातोपोस्ट संवाददाता
१४४३ पटक

काठमाडौं । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले सञ्चालन गर्ने रियालिटी शो ‘द लिडर शो’मा पूर्वप्रध्यापक तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीलाई निर्णायक राख्नुपर्ने आवाज उठेको छ । अघिल्लो साता ‘द लिडर शो’ रियालिटीको शोको घोषणा गरिएको थियो ।

उक्त शोको पाँच निर्णायक मध्ये तीन जना पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको नाम टुंगो लागेको छ भने २ जनाको नाम टुंगो लगाइएको छैन । २ जना मध्येमा एक जना सुरेन्द्र केसीलाई राख्नु पर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताले आवाज उठाएका छन् ।

उक्त शोको निर्णायक सदस्यका लागि नाम चर्चामा आएपछि यता डा. केसीले आयोजकले केही शर्त पूरा गरेमा आफू निर्णायक बन्न राजी रहेको प्रतिक्रिया दिएका छन् । उनले यो शो कहाँबाट सञ्चालन भएको हो भन्नेमा स्पष्ट हुनु पर्ने र पारदर्शिता भएमा मात्रै आफू निर्णायकमा जान तयार रहेको बताएका छन् । तर, हालसम्मको स्थितिमा आफू गइहाल्ने अवस्था नरहेको उनको भनाइ छ ।

उक्त शोका विजेताले एउटा गाडी, एउटा अपार्टमेन्ट र २० लाख रुपैयाँ नगद पुरस्कार पाउने घोषणा गरिएको छ ।

प्रतिकृया दिनुहोस्