News Portal

  • मलाई मन्त्रिपरिषदबाट निकालेकोमा धन्यवाद – मातृका यादव

    रातोपोस्ट संवाददाता
    ८६४ पटक

    काठमाडौं: सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्य मातृका यादवले आफूलाई मन्त्रिपरिषदबाट निकालेकोमा धन्यवाद दिएका छन् ।

    अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि बुधवारको छलफलमा बोल्दै यादवले मन्त्रिपरिषद हेरफेरमा असन्तुष्टि जनाएका हुन् ।

    ‘मलाई निकालेकोमा धन्यवाद,’ यादवको भनाइ उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘प्रधानमन्त्रीले एक पटक पनि मसँग छलफल नगरी मलाई निकाल्नुभयो, त्यसैले धन्यवाद भन्न चाहन्छु ।’

    यादवले पार्टी नाममात्रको कम्युनिस्ट पार्टी रहेको आरोप लगाए । ‘यो चिन्ताको विषय बनेको छ,’ उनले बैठकमा भने, ‘पार्टीले मालेमावाद छोड्यो, अहिले मार्क्सवाद र लेनिनवादमा पनि बहस हुँदैछ । यो कम्युनिस्ट पार्टी नै होइन ।’

    यादव यसअघि सरकारमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रहेका थिए । मङ्सिर ४ गते भएको मन्त्रिपरिषद हेरफेरमा उनलाई मन्त्रीको जिम्मेवारीबाट हटाएर लेखराज भट्टलाई ल्याइएको थियो ।

    अर्का स्थायी कमिटी सदस्य गोकर्ण बिष्टले पनि बैठकमा बोल्दै मन्त्रिपरिषद हेरफेरमा आफ्नो असन्तुष्टि रहेको बताएका थिए । बिष्टलाई श्रममन्त्रीको जिम्मेवारीबाट मुक्त गर्दै रामसहायप्रसाद यादवलाई ल्याइएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)