रातोपोस्ट संवाददाता

काठमाडौं । नेकपा र राष्ट्रिय जनता पाार्टीबीच नयाँ सहमति भएको छ । दुई पार्टीबीच आगामी माघ ९ गते हुने प्रदेश २ को राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमति गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ को सिट बाँडफाँट भएको हो । सहमति अनुसार रिक्त रहेका चार पदमध्ये अपाङ्गता र अल्पसंख्यक पदमा राजपालाई सहयोग गर्ने र महिला र दलित पुरुषमा नेकपालाई सहयोग गर्ने सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।
साथै दुई पार्टीबीचको राष्ट्रिय राजनीतिका समसामहिक विषयहरूमा नियमित रुपमा छलफल गरेर अघि बढ्ने भनि नेकपाका अध्यक्षद्वय प्रचण्ड र केपी ओलीले तथा राजपाको तर्फबाट संयोजक राजेन्द्र महातोले हस्ताक्षर गरेका हुन् ।