News Portal

  • मेची औधोगिक व्यापार मेलामा चर्चित कलाकारले तताउने

    रातोपोस्ट संवाददाता
    ८६४ पटक

    झापा। मेची उद्योग वाणिज्य संघको आयोजनामा हुन गईरहेको तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने तय भएकाे छन् ।

    सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक ध्रुव कनालका अनुसार पुस ९ देखि १७ गते सम्मका लागि आउने कलाकारहरु तय गरिएको  बताए।

    महोत्सवमा आउने राष्ट्रिय स्तरका कलाकारहरुमा एड्रिन प्रधान, प्रमोद खरेल, मेलिना राई, कमल खत्री, कर्मा ब्याण्ड, मनोज गजुरेल, सुगम पोखरेल, आस्था राउत, राजनराज शिवाकोटी, लाहुरे, डिजे लामा, छेवाङ लामा, निकिता थापा, सेन्डि एण्ड फ्युजनिष्ट, राजा राजेन्द्र, लगायत कलाकार रहेकाे ध्रुवले जानकारी दिए ।

    त्यस्तै स्थानीय कलाकारहरुले महोत्सव अवधिभर नै साथ दिने महोत्सव संयोजक भुमि पौडेलले बताए ।
    महोत्सवको पहिलो दिन अर्थात पुस ९ गते छेवाङ लामा र डिजे तामाको प्रस्तुती रहने छ । उक्त दिन स्थानीय कलाकारहरुको प्रस्तुती पश्चात छेवाङले आफ्नो गीतमा दर्शकहरुलाई झुमाउने छन भने डिजे तामाले सबैलाई नचाउने छन् ।

    त्यस्तै १० गतेको कार्यक्रम अन्तरगत निकिता थापासँगै गीत गाउन पाईने छ भने त्यो लगत्तै सेन्डि एण्ड फ्युजनिष्टको प्रस्तुती रहने बताईएको छ । त्यसैगरी तेस्रो दिन अर्थात ११ गते राजा राजेन्द्रले आफ्नो कमेडीमा सबैलाई हँसाउने छन भने त्यसपश्चात प्रकास सपुत र प्रिती आलेले आफ्नो गीतमा नचाउने छन् ।

    १२ गते हास्य कलाकार मनोज गजुरेलको प्रस्तुती रहने साथै सुगम पोखरेल र आस्था राउतको गीतमा रम्न सकिने छ ।

    १३ गते कर्मा ब्याण्ड र प्रितम आर्चायको प्रतुती, १४ गते कमल खत्री साथै एञ्जिला रेग्मीले दर्शक तताउने छन भने १५ गते राजनराज शिवाकोटी र मेलिना राईले आफ्नो गलामार्फत मनोरञ्जन दिलाउने छन् ।

    १६ गते लाहुरेले र्याप मार्फत दर्शकलाई तताउने छन् भने प्रमोद खरेलले तातेका दर्शकहरुलाई नचाउने छन । त्यस्तै महोत्सवको अन्तिम दिन अर्थात १७ गते एड्रिन प्रधान ब्याण्डले दर्शकहरुलाई मनोरञ्जन दिने छन् ।

    आयोजक संस्था मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनाका अनुसार अन्य कलाकारहरुसँग समेत सम्पर्क भईरहेको र अन्य धेरै कलाकारहरुको उपस्थिति हुने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)