News Portal

  • बुद्धशान्ति गाउँपालिकाकोे सार्वजनिक सुनुवाई शुक्रवार हुने

    रातोपोस्ट संवाददाता
    ६२५ पटक

    झापा। बुद्धशान्ति गाउँपालिकाले आउँदो शुक्रवार सार्वजनिक सुनवाई गर्ने भएको छ । बुद्धशान्ति गाउँपालिकाको कार्यपालिकाको बैठकको निर्णय अनुसार सार्वजानिक सुनवाई गर्ने मितिको तय गरेको गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत इन्द्रप्रसाद चापागाईंले बताएका छन् ।

    सार्वजनिक सुनवाई कार्यक्रम बुधबारे स्थित स्थानीय रामजानकी मन्दिरको सभाहलमा शुक्रबार ११ बजेदेखिे हुने भएको हो । अढाई बर्ष सम्म सार्वजानिक सुनवाई हुन नसकेको अवस्थामा नयाँ प्रसाशकीय अधिकृत चापागाईंको योजना अनुरुप नै हुनलागेको हो ।

    शुसासन ऐन २०६४को दफा ३० अनुसार सर्वसाधारणलाई सेवा प्रदान गर्ने प्रदेश तथा स्थानीय स्तरमा कार्य सम्पादन गर्ने कार्यलय प्रमुखले आफू बहाल रहेको कार्यलयको काम कार्वाहीलाई स्वच्छ, पारदर्शी र वस्तुनिष्ठ बनाउन र सर्वसाधारण तथा सरोकारवालाको कानुन सम्मत सम्बोधन गर्न तोकिए बमोजिम सार्वजानिक सुनवाई गराउनुपर्ने व्यवस्था रहेको जनाउँदै उनले यसै व्यवस्था अनुरुप सार्वजानिक सुनवाइको आयोजना गरेको बताए ।

    उक्त सुनवाइको कार्यक्रममा सहभागिता भई आफना राय सल्लाह तथा सुझाव, गुनासोहरु राख्नसम्पुर्ण बुद्धशान्तिवासी, संघ संस्था, राजनितिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, क्लब, आमा समुह लगायतलाई गाउँपालिकाले आग्रह समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)