
झापा। झापाको मेचिनगर नगरपालिका वडा नम्बर ७ प्यारिभिट्टा स्थित पालिया मार्ग नामकरण गरिएको करिब ५७ बर्षदेखि प्रयोग गर्दै आएको २४ फुटकाे सडकबाटाे अहिले भुमाफियाका कारण गायब भएपछि स्थानिय बासिन्दा पिडामा परेका छन्।
२४ फुटे बाटो गायब पारिएको बारे हामिले रिपोर्टिङ गरिसकेपछि केही मिडियाहरुले समाचार बनाएपनि यहाँका राजनितीक दल,जनप्रतिनिधि चुपचाप बसेका कारण उक्त अबैध कार्यमा सबैको मिलेमतो रहेको स्थानीय बासिन्दाकाे आराेप छ।
विसं २०२० सालभन्दा अगाडि देखि स्थानीय बासिन्दाले भाेगचलन गर्दै आएको उक्त सडक भद्रपुर पुग्ने एकमात्र बाटो रहेको र त्यतिबेला पुर्वपश्चिम राजमार्ग समेत नरहेको स्थानीय ८० वर्षिय वृद्ध नन्दलाल बास्काेटाले बताउनुभयो । उहाँको अनुसार ज्यामिरगढि र भद्रपुर जाेड्ने एकमात्र बाटो यहिनै रहेको भएपनि हाल आएर स्थानीय राजनितीक दल र भुमाफियाकाे चलखेलले उक्त बाटोनै ब्यक्तिकाे नाममा दर्ता भैसकेको पाइएको छ।

नगरपालिकाले ग्राभेल गरेको २४ फुटे बाटो ।
साबिककाे नकलबन्द ३ “क”र हालको मेचिनगर ७ स्थित सिट नम्बर १८०-००५१ र १८०-००९१ भएको कित्ता नम्बर ६८,६२५,६२६ ,३८,१५ र ६ भएको २९ बिगाहा जमिन स्थानीय देवेन्द्र बुढाथोकीकाे नाममा रहेको थियोे ।पुर्वपश्चिम राजमार्ग दक्षिणकाे पालिया मार्गदेखि करिब १ किलोमिटर ज्यामिरगढिकाे राज टि-स्टेट जाेड्ने २४ फुटे बाटो कायम थियोे।उक्त बाटो नक्सामा समेत स्पस्ट देख्न सकिन्छ ।तर बुढाथोकीले जमिन बेचेपछि बिस्तारै बिस्तारै अहिले २४ फुटे बाटो ब्यक्तिकाे खेत बन्न पुगेको छ।

नक्सामा ३४ फुटे बाटो देखाउँदै स्थानीय ।
स्थानीय बासिन्दाका अनुसार आर्थिक बर्ष ०५५/५६ मा तत्कालीन नगर प्रमुख एवम् भुतपुर्व एमालेका सांसद समेत रहेका रबिन काेइरालाकाे नेतृत्वमा नगरपालिकाले १ लाख ९७ हजार रुपैयाँ निकास गरी उक्त सडकलाई २४ फुट कायम गरि ग्राभेल समेत गरिएको थियोे ।तर नगरपालिकाले त्यतिबेला यसरी ब्यबस्थित गरेको बाटोनै अहिले ब्यक्तिकाे नाममा रहेको छ भने अहिले उक्त बाटोमा ट्याक्टर लगाएर जाेतिएकाे छ र दक्षिणी भागमा तारबार समेत गरिएको छ।

काँडेतार लगाइएको स्थान।
स्थानीय बासिन्दाका अनुसार ०६२/६३ मा उक्त जग्गाका धनी देवेन्द्र बुढाथोकीले स्थानीय गाेपाल तामाङ र केशवराज पाण्डेलाई २९ बिगाहा जग्गा बेचेका थिए ।उक्त २४ फुटे बाटो यहि जग्गामा जाेडिएकाे थियोे ।गाेपाल तामाङ र केशवराज पाण्डेले पुन उक्त २९ बिगाहा जग्गा ०६६ /६७ सालमा नरेन्द्र दास कलवारलाई बिक्री गरेसँगै उक्त बाटो पनि नरेन्द्र दास कलवारका नाममा पास भैसकेको स्थानीयले जानकारी पाए।स्थानीय हाेमनाथ प्रसाईं लगायत अन्य ब्यक्तिका अनुसार हालसाबिक गर्नेबेलामा स्थानीय राजनितीक दल र कलवार मिलेर २९ बिगाहा जमिनलाई ३२ बिगाहा बनाएको र बाटो समेत बन्द गर्न लागिपरेकाे पाइएको छ।

बाटो जाेतेर बनाएको खेत।
स्थानीयबासिन्दाले कलवारले उक्त २४ फुटे बाटो कब्जा गरेको जानकारी पाएलगत्तै २०६९ सालमा मेचिनगर नगरपालिकाकाे कार्यलयलाई ध्यानाकर्षण सहित निवेदन पेश गरेका थिए।

ध्यानाकर्षण गरिएको पत्र
नक्सामा समेत उक्त २४ फुटे बाटो स्पस्ट भएपनि तत्कालीन नगर प्रशासन शाखाले जिल्ला मालपोत कार्यालयलाई पुन नक्सा छुट्टयाउन पत्राचार गरेपनि मालपोत कार्यालयले कुनै चासो नदेखाएपछि स्थानीय बासिन्दाले २०७१ साल फागुन १४ गते अख्तियार अनुसन्धान आयोगकाे क्षेत्रीय कार्यालय इटहरीमा छानबिनको माग गर्दै उजुरी दिएका थिए।

स्थानीयले अख्तियारलाई लेखेको पत्र
स्थानीयबासिन्दाले दिएको उजुरीका आधारमा अख्तियारकाे कार्यालयले उक्त पालिया राजमार्ग नामांकित गरिएको २४ फुटे बाटोकाे अवस्था बुझि २९ बिगाहा जग्गामा बाटो मिसाइ ३२बिगाहा जग्गा दर्ता गरि बाटो मासेकाे भन्ने उजुरीको सत्यतथ्य छानबिन गरि हाल उक्त बाटोकाे अवस्था केछ ?साे कुरासमेत पछिसम्म फरक नपर्ने गरि खुलाई पत्र प्राप्त भएको १५ दिनभित्र अख्तियारकाे कार्यालयमा बुझाउन भनि जिल्ला मालपोत कार्यालय झापालाई २०७१ चैत ३ गते पत्राचार गरेको देखिन्छ ।

अख्तियारले मालपोत कार्यालयलाई पठाएको पत्र
तर त्यसपश्चात पनि मालपोत कार्यालयले कुनै कदम नचालेपछि स्थानीय बासिन्दाले पटकपटक नगरपालिका प्रमुख बिमल आचार्यलाई जानकारी गराउँदा समेत उनले उक्त कुरा प्राबिधिक कुरा भएको र आफुलाई जानकारी नभएको जवाफ दिएको स्थानीय बासिन्दा बताउँछन् ।स्थानीय बासिन्दाले बाटो सुचारू गरिपाउँ भनी पटकपटक नगरपालिकामा निवेदन पेश गर्दा समेत नगरपालिकाले बेवास्ता गरेको स्थानीय बासिन्दाकाे आराेप छ।
हाल केहिदिन अगाडि मात्रै जग्गाधनी कलवारले सडक बाटोसमेत ट्याक्टर लगाएर जाेतेपछि स्थानीय बासिन्दाले मिडिया गुहारिरहेका छन्।परापुर्वक कालदेखि उपभोग गर्दै आएको बाटो पुन सुचारू नभएसम्म आफुहरु जस्तोसुकै संघर्ष गर्न तयार रहेको आक्राेशित स्थानिय बासिन्दाले बताएका छन्।स्थानीय बासिन्दाले अख्तियारले समेत बेवास्ता गरेपछि स्थानीय राजनितीक दल,मालपोत अख्तियार लगायत सबै मिलेकाे हुनसक्ने आराेप लगाएको छन्।

जाेतिएकाे बाटो