News Portal

  • प्रिय भाई प्रज्वल……

    पुर्णिमा धामि
    १९२८ पटक

    कबिता : प्रिय भाई प्रज्वल

    प्रिय भाइ प्रज्वल
    तिम्रो पर्खाइमा
    तिम्रो बाटो हेराईमा
    कति दिन बिते
    अनि महिना पनि बिते
    तर तिमी आएनाै
    आउथ्याै पनि त कसरी
    तिमी त महान सहिद भैसक्याै

    प्रिय भाइ प्रज्वल
    तिमीले बारम्बार फाेन गर्थ्याै
    बन्द पछि आउछु दिदी भन्थ्याै
    भान्जा हार्दिककाे खुबै चिन्ता गर्थ्याै
    मलाई पक्राउ नपर्नु भन्थ्याै
    भान्जोले दुख पाउछन् भन्थ्याै
    तिम्रा ति आवाजहरु
    अहिले पनि मेरो मानसपटलमा
    सधै सधै गुञ्जिरहन्छन्
    तर तिमी बन्दको पूर्वसन्ध्यामा
    आफै महान सहिद भयाै

    प्रिय भाइ प्रज्वल
    तिम्रो शहादत्त पछि
    धेरै बन्दहरु भए
    संघर्षहरु चले
    तर म भने सधै सधै
    तिम्रो पर्खाइमा बसिरहे
    तिम्रो फाेनकाे पर्खाइमा रहे
    भाैतिक आगमणकाे पर्खाइमा रहे
    तर तिमी आएनाै
    किन कि तिमी त
    महान सहिद भैसक्याै

    प्रिय भाइ प्रज्वल
    तिमी साना अनि ठुला
    सबैका प्रिय थियौं
    रत अवाेध भान्जा हार्दिकले
    संझिरहन्छ सधै
    तिम्रो तस्बिर हेर्दै
    साेधिरन्छ सधै
    मलाई माया गर्ने मामा
    मलाई घुमाउने मामा
    मलाई पानी खेलाउने मामा
    अब कहाँ भेट्छु र है मामु

    हाे भाइ प्रज्वल
    तिमी आफु जलेर पनि
    दुनियाँलाई उज्यालो देखायाै
    सच्चा क्रान्तिकारी थियौ
    अमरत्त्व प्राप्त गर्याै
    संघर्षशील याेद्धा थियौ
    बलिदान गरि देखायाै
    त्यसैले तिमीलाई
    लाखौंलाख सलाम छ !!

    लेखिका :पुर्णिामा धामि, अ.ने.म.संघ केन्द्रीय सदस्य ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)