News Portal

  • मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता : उद्घाटन खेलमा वडा १५ लाई हराउँदै वडा ८ विजयी

    रातोपोस्ट संवाददाता
    ७१४ पटक

    झापा । वडा खेलकुद समिति मेचीनगर– ८ को आयोजनामा प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक वडा नम्बर ८ ले विजयी सुरुवात गरेको छ ।

    मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालयको खेलमैदानमा  शुक्रबार भएको उद्घाटन खेलमा वडा नम्बर ८ ले वडा नम्बर १५ लाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

    पुष १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेता टिमले २६ हजार रुपैयाँ नगदराशी सहित ट्रफी प्राप्त गर्ने छन् ।

    उद्घाटन सत्रमा प्रमुुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, विशिष्ट अतिथि उपप्रमुख मीना उप्रेती, मेचीनगर ८ का वडा अध्यक्ष बिकेन्द्र धिमाल, मेची विद्योदय आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर थामी, आयोजक समितिका सल्लाहकार कुन्दन निरौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख डिएसपी गोविन्द बहादुर थापा, मेचीनगर कार्यपालिका सदस्य खिला मेचे, बिष्णु बराईली, छोटबहादुर राई, चन्द्र कुमार बोहोरा, आदर्श धिमाल समाजका अध्यक्ष सञ्जय धिमाल, पुर्व अध्यक्ष चित्र धिमाल, रघुनाथ धिमाल, समाजसेवी टिकाराम धमला, राजु धिमाल, सरोज मेहेराको आतिथ्यता रहेको थियो ।

    वडा खेलकुद समिति मेचीनगर– ८ का संयोजक सन्तोष मेचेको अध्यक्षतामा  भएको कार्यक्रममा सेन्ट्री युवा क्लवकी अध्यक्ष हिमा रायले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन अर्जुन पोख्रेलले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)