News Portal

  • मेची पुलमा एकैपटक १७ वटा राष्ट्रिय झन्डा फहराइयो

    ईपूर्व
    ५११ पटक

    झापा। नेपाल भारतको सीमावर्ती नाका भद्रपुरस्थित मेची पुलभरि राष्ट्रिय झन्डा फहराइएको छ।

    बढ्दो सीमा अतिक्रमणसँगै नेपाल भ्रमण वर्ष सन् २०२० लाई मध्यनजर गरी भद्रपुर नगरपालिका-५ नम्बर वडा कार्यालयले दोस्रो संस्करणको मेची रिर्भर साइड ‘बिच’ भलिबल सन्दर्भ पारेर मेची पुलमा शुक्रबार एकै पटक १७ स्थानमा राष्ट्रिय झन्डा फहराइएको हो।

    मेची पुलको १७ वटा पिलरमा १७ वटा राष्ट्रिय झन्डा फहराइपछि पुलभरि देशको राष्ट्रियता झल्किएको छ।

    पुलमा राष्ट्रिय झन्डा फहराएपछि पुलमा आवतजावत गर्ने व्यक्तिले झन्डा देखिने गरी फोटो खिचाउँदै प्रशंसा गर्न थालेको समेत पाइयो।

    ‘अहिले पुलमा राष्ट्रिय झन्डा मात्र राखिएको छ’, वडा अध्यक्ष बन्धुु कार्कीले  भने, ‘त्यसलाई त्यही ठाउँमा फलामको क्लिप लगाउँदै रंगरोगन गरी सधैँका लागि राख्छौ ।’

    ‘अहिले जता त्यतै भारतले नेपाली भूमि मिच्न थालेको छ, मेची पुल नेपालकै हो, सीमाबाटै राष्ट्रियता झल्काउन सन्देश दिनलाई झन्डा राखेका हौँ,’ उनले भने, ‘नेपाल भ्रमण वर्ष सफल बनाउन पनि झन्डाले नेपाल आउने पर्यटकलाई सन्देश दिन्छ ।’

    यसअघि मेची पुलको नेपालतर्फको पश्चिम प्रवेशद्वारमा संविधान दिवसको अवसरमा ५ मिटरको राष्ट्रिय झन्डा फहराइएको थियो। पश्चिम प्रवेशद्वारमा नभई पूर्वद्वार सो राष्ट्रिय झन्डा राख्नु पर्ने नगरवासीले बताउँदै आएका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)