News Portal

  • रिहाइ भएका दुई कार्यकर्तालाई नेकपा झापाको सम्मान।

    रातोपोस्ट संवाददाता
    ९१६ पटक

    झापा । नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले झण्डै ४ महिना जेल जिबन बिताएर अदालतको आदेशमा रिहाइ भई प्रहरी घेरा ताेडेर उम्कन सफल भएका आफ्ना दुई कार्यकर्तालाई सम्मान गरेको छ।

    गत साउन २० गते दमककाे बेलडाँगीबाट पक्राउ परेका दमक नगर इन्चार्ज सुवास राई र युवा सदस्य पुकार लामालाई चार महिने जेल जीवन बिताएर रिहाइ हुनेबित्तिकै पार्टीले दाेसल्ला ओढाएर सम्मान  गरेको हो ।

    मेचिकाेशी ब्युरो कार्यलयका सचिब एबम झापा जिल्ला इन्चार्ज सुमनसिंह पाैडेलकाे प्रमुख आतिथ्य तथा अतिथिहरु दक्षिणी इलाम सेक्रेटरी बिक्रान्त, जनमुक्तिसेना मेचिकाेशी ब्युरो कमिसार काजी,  झापा जिल्ला सेक्रेटरी श्रिजंग लगायतका ब्यक्तिहरुकाे उपस्थितिमा  सम्मान कार्यक्रम गरिएको जिल्ला सेक्रेटरी श्रिजंगले जानकारी दिए।

    प्रहरी घेरा ताेडेर छुट्न सफल भएका दमक नगर इन्चार्ज सुवास राई र युवा सदस्य पुकारले जेल बसाइकाे अवस्था ,भाेगाई सुनाउँदै आफुहरु पार्टीको नीति, बिचार र कार्यशैली प्रति प्रतिबद्ध रहेकाे बताएका छन्।

    सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै अधिकांश बक्ताहरुले सहिदको रगतलाई खेर जान नदिने बताएका छन्।

    राज्य दलालमय भएको भन्दै अहिलेकाे सरकार देश बेच्न समेत पछि नपर्ने मेचिकाेशी ब्युराे कार्यलयका सचिब एवम झापा जिल्ला इन्चार्ज सुमनसिंहले बताए ।

     

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)