News Portal

  • झापामा पुस १४ बाट प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

    रातोपोस्ट संवाददाता
    ६४५ पटक

    झापा: जिल्लाको झापा गाउँपालिका ६ शरणामतीमा प्रथम प्रदेश १ स्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। झापा गाउँपालिकाको आयोजनामा आगामी पुस १४ गतेबाट १९ गतेसम्म प्रतियोगिता संचालन हुन लागेको हो।

    प्रतियोगितामा झापाका १० गाउँपालिका सहित प्रदेश १ का २४ पालिकाको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्ली लिम्बूले जानकारी दिए। प्रथम हुने टिमले नगद एक लाख एक हजार १११ सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा  उपविजेता टिमले ७१ हजार १११  प्राप्त गर्नेछ।

    तेस्रो र चौथो हुने टिमले क्रमश २१ हजार १११ र ११ हजार १११  पाउने छन्। प्रतियोगितामा उत्कृष्ट डिफेन्स, स्पाइकर, ब्लकर, सर्भर, लिफ्टरलाई क्रमश नगद पाँच हजारका दरले प्रदान गरिने सुरुङगामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

    सात लाख रुपैयाँ लाग्ने अनुमानका साथ आयोजित प्रतियोगिता संचालनका लागि झापा गाउँपालिकाले चार लाख रुपैयाँ सहयोग गरेको छ।

    पत्रकार सम्मेलनमा झापा गाउँपालिका ६ का अध्यक्ष हरिप्रसाद बानिया, नेपाल भलिबल संघ  प्रदेश १ का सचिव लेखनाथ पराजुलीलगायतले खेलले खेल पर्यटन र स्थानीय खेलाडीको क्षमता बढाउने बताए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)