News Portal

भाजपाका सांसद एवम् पुर्व क्रिकेटर गाैतम गम्भीरलाई ज्यान मार्ने धम्की

एजेन्सी
८५६ पटक

नयाँदिल्ली ।भारतिय लाेकसभाका सांसद एवम् भारतका चर्चित पूर्व क्रिकेटर  गौतम गम्भीरलाई ज्यान मार्ने धम्की आएको छ। भारतीय मिडियाका अनुसार उनलाई  विदेशी नम्बरबाट फोन आएको र आफूसहित परिवारलाई मार्ने धम्की दिएकाे बताएका छन।

उक्त धम्की आएपछि सांसद गम्भिरले प्रहरीमा उजुरी गरेका छन्।उनले दिल्ली शाहदराका ड्यूटी अफिसरलाई पत्र लेखी सुरक्षाको माग गरेका छन्। पत्रमा गम्भीरले विदेशी नम्बरबाट पटक–पटक फोन गरी धम्की दिएको जानकारी गराएका छन्। सामाजिक सञ्जालमा सक्रीय रहने गम्भीरले नागरिकता विधेयकको विरोधमा प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले गरेको धरपकडको वचाउ गरेका थिए।

जामिया मिलिया इस्लामिक युनिभर्सिटीका बिद्यार्थीहरुमाथि प्रहरीले गरेकाे दमनबारे बोलेका थिए। लामो समय भारतको क्रिकेटमा जमेका गम्भीर यसै वर्ष भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीमा प्रवेश गरी सांसद निर्वाचित भएका हुन्। उनी पूर्वी दिल्लीबाट लोकसभामा निवार्चित भएका हुन्।

प्रतिकृया दिनुहोस्