
झापा । वडा खेलकुद समिति मेचीनगर– ८ को आयोजनामा प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा वडा नम्बर ४ र १३ विजयी भएका छन् ।
मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालयको खेलमैदानमा शनिबार भएको पहिलो खेलमा वडा नम्बर १३ ले वडा नम्बर ७ लाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।
वडा नम्बर १३ को जीतमा जमिन लक्सम, प्रशान्त लक्सम र पासाङ तामाङले एक एक गोल गरे भने वडा नम्बर ७ को तर्फबाट विकी मण्डलले एक गोल गरे ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने वडा नम्बर १३ का प्रशान्त लक्सम म्यान अफ दी म्याच घोषित भए । उनलाई मेचीनगर ४ का वडा अध्यक्ष तथा मेचीनगर खेलकुद समितिका संयोजक नविन बरालले ट्रफी प्रदान गरे ।
त्यसै गरेर आज भएको दोस्रो खेलमा वडा नम्बर ४ ले वडा नम्बर १० लाई २–० गोल अन्तरले पराजित गरेको छ ।
वडा नम्बर ४ को जितमा आदित्य कार्की र अर्पन शाहले एक एक गोल गरे ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने वडा नम्बर ४ का आर्यन भट्टराई म्यान अफ दी म्याच घोषित भए । उनलाई मेचीनगर ८ का वडा अध्यक्ष बिकेन्द्र धिमालले ट्रफी प्रदान गरे ।
पुष १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेता टिमले २६ हजार रुपैयाँ नगदराशी सहित ट्रफी प्राप्त गर्ने छन् ।