News Portal

  • नेकपा केन्द्रीय कमिटी बैठक पुस २० गते

    रातोपोस्ट संवाददाता
    ८२९ पटक

    काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । नेकपा नेता वर्षमान पुनले आगामी पुस २० गतेका लागि बैठक बोलाइएको जानकारी दिए ।

    नेकपा कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय समितिको बैठक मिति तय गरेको हो ।
    तत्कालीन नेकपा एमाले र एकीकृत माओवादी केन्द्र मिलेर बनेको नेकपामा चार सय ४५ सदस्यीय केन्द्रीय समिति रहेको छ ।

    पार्टी एकतापछि पहिलो पटक एजेन्डामाथि छलफल गर्न  नेकपाले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

    केन्द्रीय कमिटीले सचिवालय सदस्य बामदेव गौतमलाई उपाध्यक्ष बनाउनेलगायतको निर्णयको अनुमोदन पनि गर्नेछ ।
    यसअघि नेकपा सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)