News Portal

  • मिर्गौलाबारे पाँच भ्रम र वास्तविकता

    रातोपोस्ट संवाददाता
    १२३८ पटक

    एजेन्सी– मिर्गौला हाम्रो शरीरको अत्यन्त महत्वपूर्ण अंग हो । तर, यसबारे समाजमा निकै धेरै भ्रमहरु व्यप्त रहेका छन् । कतिपय जानकारी त हामीलाई पनि छैन । त्यस्तै पाँच भ्रम र वास्तविकताः

    भ्रमः मिर्गौलाको बिरामी चुपचाप आउँछ वा सुरुमा थाहा हुँदैन ।
    वास्तविकताः हो, यो सही हो । अधिकांश समयमा मिर्गौलाले कस्तो काम गरिरहेको छ भन्ने पहिले थाहा हुँदैन वा कुनै लक्षण वास्तवमा देख्न सकिँदैन । क्रोनिक किड्नी डिजिज (सिकेडी)का कारण ९६ प्रतिशतसम्म मिर्गौलाले काम नगरे पनि हामीलाई थाहा नहुन सक्छ । तर, फेरि वास्तविकता के हो भने सामान्य रगत तथा पिसाब जाँच गर्ने हो भने हामीलाई यसको समस्याबारे थाहा भइहाल्छ ।

    भ्रमः मिर्गौलाको उपचार गर्न निकै खर्च लाग्छ ।
    वास्तविकताः होइन, यो गलत कुरा हो । मिर्गौलाको उपचार नै सजिलो त नहोला तर यसका टेस्टहरु सहजै गर्न सकिने खालका हुन्छन् । सिम्पल युरिन टेस्ट अर्थात् पिसाबको जाँचबाट मिर्गौलामा भएको रोग पत्ता लगाउन सकिन्छ । मिर्गौलाको डायलसिस त गर्न त नेपाल सरकारले सहयोग पनि गर्दै आएको छ ।

    भ्रमः कसैलाई पनि थाहा छैन मिर्गौला रोगको खास कारण के हो ?
    वास्तविकताः मिर्गौला खराब हुनुमा खासमा दुई कारण प्रमुख छन्– मधुमेह र उच्च रक्तचाप । मिर्गौलामा भएका ससाना रक्तनली क्षतिग्रस्त हुन सक्ने सम्भावना यही दुई कारणले हुन्छ । मिर्गौलामा ‘सिस्ट’ बन्दा पनि मिर्गौलामा समस्या देख्न सकिन्छ जुन वंशानुगत कारणका रुपमा लिइन्छ ।

    भ्रमः मिर्गौलाको एक मात्र उपचार डायलिसिस हो ।
    वास्तविकताः यो होइन । मिर्गौलामा समस्या भएका सबै व्यक्तिहरुलाई डायलिसिसको आवश्यकता नै पर्छ भन्ने छैन । प्रारम्भिक अवस्थामा त मिर्गौलामा देखिएको समस्यालाई व्यायाम, खानपान तथा औषधि सेवन गरेर पनि ठिक पार्न सकिन्छ ।

    भ्रमः एउटा मात्र मिर्गौला फेल हुन्छ ।
    वास्तविकताः यस्तो होइन, खासमा हाम्रा दुवै मिर्गौलाले काम गर्न छोडेको अवस्थामा मात्र मिर्गौला फेलर वा किड्नी फेलियर भन्ने शब्दावलीको प्रयोग हुन्छ । तर, के चाहिँ साँचो हो भने एउटा मिर्गौलाले ठिक काम गरेमा रगतमा युरियाको स्तर चाहिँ बढ्दैन ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)