News Portal

  • क्युवामा ४० वर्षपछि नयाँ प्रधानमन्त्री नियुक्त

    बीबीसी
    ४७१ पटक

    एजेन्सी। क्युबाका राष्ट्रपति मिगेल डियाज कानेलले करिब ४० वर्षपछि पहिलो पटक देशमा प्रधानमन्त्री नियुक्त गरेका छन् ।

    पर्यटन मन्त्री मानुएल मारेरो क्रुजलाई सो पदमा नियुक्त गरिएको हो । तत्कालीन क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोले प्रधानमन्त्रीको पद सन् १९७६ मा हटाएका थिए ।

    कम्युनिस्ट शासित क्युबामा यसवर्षको शुरुमा ल्याइएको संविधानमा प्रधानमन्त्रीको व्यवस्था गरिएको छ ।

    ५६ वर्षीय नयाँ प्रधानमन्त्रीले राष्ट्रपतिले प्रयोग गर्दै आएका कतिपय अधिकार लिनेछन् । क्युबामा क्युबन कम्युनिस्ट पार्टी र सेना नै मुख्य निर्णायक भएको र अरु कुराको खासै अर्थ नभएको आलोचकहरुले बताउँदै आएका छन् ।

    मारेरोलाई प्रधानमन्त्री पदमा नेशनल एसेम्बलीले शनिबार सर्बसम्मत रुपमा अनुमोदन गरेको थियो । उनलाई सन २००४मा क्यास्ट्रोले नै पहिलोपटक पर्यटन मन्त्री बनाएका थिए । सन् १९५९ मा कम्युनिस्ट पार्टीले क्युबाको सत्ता लिएपछि क्यास्ट्रोले आफैंलाई प्रधानमन्त्री तोकेका थिए ।

    त्यसपछि उनले सन् १९७६मा सो पद हटाएर आफूलाई कम्युनिस्ट पार्टीको प्रमुख र राष्ट्र प्रमुख घोषणा गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)