News Portal

प्रथम मेचीनगर वडास्तरीय फुटबलमा : वडा नम्बर १ विजयी

रातोपोस्ट संवाददाता
८१४ पटक

मेचीनगर । वडा खेलकुद सिमिति मेचीनगर ८ को आयोजनामा जारी प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर १ विजयी भएको छ ।

मेचीनगर ८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कूल)को खेलमैदानमा आइतबार भएको खेलमा वडा नम्बर १ ले वडा नम्बर १४ लाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

खेलको म्यान अफ दि म्याच वडा नम्बर १ का प्रवेश तामाङलाई ट्रफी प्रदान गर्दै वडा खेलकुद समितिका सदस्य रविन ओझा

वडा नम्बर १ को जितमा नितेश राई र युजेन लामाले दुइ–दुई गोल तथा कुमार मगर र प्रवेश तामाङले एक–एक गोल गरे । वडा नम्बर १४ को तर्फबाट करण बोहोराले मात्र एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच वडा नम्बर १ का प्रवेश तामाङ घोषित भए । उनलाई वडा खेलकुद समितिका सदस्य रविन ओझाले ट्रफी प्रदान गरे ।

मेचीनगरका १५ वटा वडा खेलकुद समितिले प्रतिष्पर्धा गर्ने प्रतियोगिताको सहआयोजकमा आदर्श धिमाल समाज र सेन्ट्री युवा क्लव रहेका छन् । पुष १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेता टिमले २६ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सोमबारको खेल वडा नम्बर २ र वडा नम्बर ११ बीच हुने आयोजक समितिका सदस्य बिकास देवकोटाले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्