News Portal

  • बसले ठक्कर दिएपछि विद्यार्थीले जलाए बस, चाबहिल क्षेत्र तनावग्रस्त

    रातोपोस्ट संवाददाता
    ४९२ पटक

    काठमाडौं। पशुपति क्याम्पसमा अध्यनरत विद्यार्थीलाई बसले ठक्कर दिएपछि राजधानीको चावहिल क्षेत्र तनावग्रस्त बनेको छ ।

    पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई सोमबार(आज) विहान बा ७ ख ५९३० नम्बरको बसले ठक्कर दिएर घाइते बनाएको थियो ।

    बसले ठक्कर दिएपछि आक्रोशित बनेक पशुपति क्याम्पसका विद्यार्थीले बस जलाएका हुन् ।

    विद्यार्थीहरुले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका थिए भने बा ३ ख ४४३३ नम्बरको बसमा तोडफोड गरेका छन् ।

    आक्रोशित विद्यार्थी र प्रहरीबीच केहीबेर तनावको अवस्थासमेत सिर्जना भएको थियो । घाइते विद्यार्थी पन्तको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)