News Portal

  • एमसिसि सम्झौता:नेपाललाई फसाउने अमेरिकी षड्यन्त्र,विरोध गर्न विप्लव नेकपाकाे आह्वान

    रातोपोस्ट संवाददाता
    २८१० पटक

    झापा ।नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संयुक्त राज्य अमेरिकाद्वारा नेतृत्व गरिएको हिन्द–प्रशान्त रणनीतिको अङ्गका रूपमा रहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’(एमसिसि) र नेपाल सरकारबीच भएको भनिएको सम्झौता हिउँदे अधिवेशनबाट पारित गराउने केपी वली सरकारको तयारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । पार्टी प्रवक्ता प्रकाण्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकाले उक्त सम्झौतामा नेपाललाई फसाउने षड्यन्त्र गरिरहेको भन्दै त्यसको प्रतिरोध गर्न सबैलाई आह्वान  गरेका छन् ।

    विज्ञप्तिमा प्रकाण्डले भनेका छन्, ‘अमेरिकाद्वारा नेतृत्व गरिएको हिन्द–प्रशान्त रणनीतिको अङ्गका रूपमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन र नेपाल सरकारबीच भएको भनिएको सम्झौता हिउँदे अधिवेशनबाट पारित गराउने केपी वली सरकारको तयारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ उनले उत्तरसाम्राज्यवाद र एकाधिकार पुँजीवाद भयङ्कर आर्थिक, वैचारिक र राजनीतिक सङ्कटबाट गुज्रिरहेको भन्दै त्यो सङ्कट व्यापारयुद्ध र सैन्य युद्धका रूपमा अभिव्यक्त भएको बताएका छन् ।

    प्रवक्ता प्रकाण्डले अमेरिकाले नेपाललाई मोटो रकमको गुलियो विषमार्फत फसाउन एमसीसी सम्झौतामा फसाउने षड्यन्त्र राजनीतिक र सामरिक दुवै दृष्टिले नेपालका निम्ति खतरनाक भएकाले सदन र सडक सबैतिरबाट सम्झौताका विरुद्ध सबै राजनीतिक पार्टी, लोकतान्त्रिक शक्तिहरू, बुद्धिजीवी, नागरिक समाज, देशभक्त र क्रान्तिकारी शक्तिहरूसमक्ष अपिल पनि गरेका छन् ।

    विज्ञप्तिको अन्त्यमा प्रकाण्डले नेपालमा सैन्य अखडा कायम गराउन ढोका खोलिदिने राष्ट्रघाती, देशद्रोही दलाल प्रवृत्तिका विरुद्ध आआफ्नो स्थानबाट प्रभावकारी प्रतिरोध गर्नसमेत सबैसँग अपिल गरेका छन् ।

    यस्तो छ विज्ञप्ति 

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)