News Portal

  • अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवको तयारी पूरा

    रातोपोस्ट संवाददाता
    ११०७ पटक

    मेचीनगर । आगामी पुष ९ गतेदेखि झापाको धुलाबारीमा आयोजना हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

    आयोजक मेची उद्योग वाणिज्य संघको सोमबार पत्रकार सम्मेलन गरी महोत्सवको अन्तिम तयारी तिव्र पारिएको जनाएको हो । महोत्सवमा २ सय वटा स्टल राखिने टुंगो भइसकेको छ ।

    अन्तर्राष्ट्रिय व्यापारका लागि भारत, बंगलादेश र भुटान लगायतका २५ वटा स्टल बुक भइसकेका छन् ।

    स्टलमा कृषि उपज, विभिन्न खाद्यान्न तथा कृषि औजार, अटो मोवाईल, बैँक, वित्तिय संस्था तथा अन्तर्राष्ट्रिय उत्पादनका विभिन्न सामाग्री रहने बताइएको छ ।

    महोत्सव सफल पार्न करिब ६० लाख रुपैयाँ खर्च पूर्वानुमान गरिएको छ ।

    महोत्सवमा झापा जिल्लाका १५ वटै स्थानीय तहमा उत्पादन हुने कृषि उपजलाई समेत प्राथमिकता दिएर प्रचार–प्रसार गरिने बताइएको छ । नेपाल तथा भारतका विभिन्न क्षेत्रबाट १ लाख ५० हजार पर्यटक अवलोकनकर्ताका रुपमा सहभागी हुने आयोजक समितिका अध्यक्ष ऋषिराज तिम्सिनाले बताउनुभयो ।

    आयोजकले ६ हजार रुपैयाँमा हेलिकोप्टरबाट झापा जिल्लाको अवलोकन गराउने भएको छ । यो सँगै महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरी सहभागीहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

    पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन १ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले गर्ने भएका छन् ।

    यसअघि संघले धुलाबारीमै २०७० सालमा दोस्रो र त्यसअघि बिर्तामोडमा प्रथम महोत्सव सम्पन्न गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)