News Portal

  • चिसोले रौतहटमा चारजनाको मृत्यु, तीन नगरपालिकाको विद्यालय बन्द

    थाहा खबर
    ४६५ पटक

    रौतहट : चिसोका कारण रौतहटमा चारजनाले ज्यान गुमाएका छन्। पुस १ देखि सुरु भएको शीतलहरको कारण अत्याधिक चिसोबाट कठ्याँग्रिएर मृत्यु भएको हो।

    दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका ६७ वर्षीय विलास सहनी र ६९ वर्षीय जनकदास तत्माको गत आइतबार मृत्यु भएको हो।

    यसअघि पुस ३ मा गुजरा नगरपालिका–२ का ५४ वर्षीया गिरीजाकुमारी बैठा र ७० वर्षीय बनहु माझीको मृत्यु भएको हो। बैठा र माझीको चन्द्रनिगाहपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

    रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लामा चिसोका कारण चारजनाको मृत्यु भएको जानकारी आएको बताएका छन्। तर, यसबारे मेडिकल रिपोर्ट भने नआएको उनको भनाइ छ।  जिल्ला अस्पताल रौतहटका डा. कृष्ण साह भने पोष्टमार्टमबाट चिसोको कारण मृत्यु भएको रिर्पोट जिल्ला अस्पतालले दिन बताउँछन्।

    यसका लागि काठमाडौंस्थित त्रिवि टिचिङ अस्पतालमा मात्र पोष्टमार्टम हुने डा. साहको भनाइ छ। अत्यधिक चिसोको कारण विभिन्न रोगहरुले च्याप्ने गर्दा पनि मृत्यु हुने उनले बताए। विगतका वर्षहरुमा चिसोका कारण ज्यान गुमानेलाई सरकारले राहत दिँदै आएको थियो। प्रमुख जिल्ला अधिकारी थापाले चिसो मौसममा बाहिर ननिस्कन तथा आगोको सहारा एवं न्यानो लुगा लगाएर बस्न आग्रह गरेका छन्।

    विपत व्यवस्थापन समितिको पहलमा सोमबार बडहर्वामा अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए। नेपाली सेना, नेपाल प्रहरी तथा आरडिसी नेपालको पहलमा ६० विपन्न परिवारलाई कम्बल वितरण, स्वास्थ्य परीक्षणलगायतको सेवा दिएको उनले बताए। जिल्लाका विभिन्न स्थानीय तहमा समितिले अति विपन्न परिवारलाई न्यानो कपडा तथा कम्बल वितरण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए।

    जिल्ला प्रहरी कार्यालय रौतहटले ५० भन्दा बढी स्थानमा वन कार्यालयको समन्वयमा दाउरा वितरण गरेको प्रहरी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले जानकारी छन्।

    तीन नगरपालिकाका शैक्षिक संस्था बन्द अत्यधिक चिसो बढेपछि तीनवटा नगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। गरुडा, राजदेवी र वृन्दावन नगरपालिकाले सूचना प्रकाशन गरी आगामी शुक्रबारसम्म विद्यालय बन्द गरेको हो।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)