News Portal

  • मैले बन्दुक बाेके के गर्छ हाेला सरकार…?

    बिपि विद्रोही
    १२७५ पटक

    [के गर्छ होला सरकार]
    ………………………………
    मैले बन्दुक लेख्दा प्रतिबन्ध लगाउछ सरकार
    मैले बन्दुक बोके के गर्छ होला सरकार
    माइतीघर तिर चुइगम पडकाउन पनि
    निषेधित गरिएको रहेछ
    मैले सिह दरबरमै गएर बम पडकाये भने
    के गर्छ होला सरकार

    मैले दस हजार पटक लेखेको छु
    बिद्रोह भन्ने सब्द
    किनकी मैले बिद्रोह मै देखेको छु
    करोडौ को जिन्दगी
    मैले मनले देखेको मुक्तिको सपना मा
    भ्रम को पर्दा हाल्छ सरकार
    मैले `ब´ लाई बाइमात्र दिएर पटकपटक
    काटेर द को खुट्टा मा ओकार दिदै त्यस्मा ह जोडदा
    झसङ्ग झस्किन्छ सरकार
    द को खुट्टा काटेझै मैले
    भ्रस्टहरुको खुट्टा काटेर त्यसमा
    लौरो जोडिदिए भने के गर्छ होला सरकार
    साचिकै हामिले बिद्रोह गर्यौ भने,
    के गर्छ होला सरकार ।

    मैले सुसेलिमा क्रान्तिको भाका
    गुनगुनाउदै -गुनगुनाउदै हिडदा
    कर्फ्यु लगाउछ सरकार
    हामिले बस्ती बस्तिमा गएर
    क्रान्तिको बिगुल फुक्यौ भने ,
    के गर्छ होला सरकार ?

    मैले टन्टलापुरे घाममा
    बाटै बाटो तुम्लेट झुण्डाएर हिडदा
    मेरो छायाहरुमा बम देख्छ सरकार
    मैले कम्मर मा गृनेड झुण्डाएर हिडे
    के गर्छ होला सरकार।

    मैले रुघा लागेर सिटामोलको गोलि निकाल्दा
    मेरो झोलामा पेस्तोल खोज्छ सरकार
    मैले ए के फोटिसेबेन बोकेर हिडे
    म सग के खोज्छ होला सरकार
    हामिले क्रान्ति को बिगुल बजायौ भने
    के गर्छ होला सरकार ?

    बि पि बिद्रोही २०७५/१०/१८

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)