रातोपोस्ट संवाददाता

सर्लाही ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको घरेलु तथा साना उद्योग कार्यालय मलंगवामा कार्यरत कम्प्युटर अपरेटर नविनकुमार सिंंहलाई ७० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले उनलाई बुधबार दिउँसो मलंगवामा रहेको घरेलुको कार्यालयबाट पक्राउ गरेको हो ।
उद्योग दर्ता गर्न सघाउने भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा सिंंहलाई पक्राउ गरिएको हो ।
करारमा रहेका सिंंहलाई अनुसन्धानको लागि अख्तियारको कार्यालय बर्दिवासमा राखेर थप अनुसन्धान भइरहेको छ ।
अख्तियारले सर्लाहीबाट एक साताभित्र तीन जनालाई पक्राउ गरिसकेको छ।