News Portal

  • झापामा करेन्ट लागेर एक युवकको मृत्यु

    रातोपोस्ट संवाददाता
    ७४० पटक

    झापा : मोटर बनाउँदा करेन्ट लागेर झापामा एक युवकको मृत्यु भएको छ।  बाह्रदर्शी गाउँपालिका १ कमलडाँडा बस्ने मणिप्रसाद राईका २४ वर्षीय छोरा तइराज राईको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

    प्रहरीका अनुसार आफ्नै घरमा रहेको ट्युबवेलमा जडित मोटर बनाउने क्रममा राईलाई करेन्ट लागेको थियो।

    करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि मेडिकल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)