News Portal

  • राजाका पूर्व ज्वाईँले गरे आत्महत्या

    रातोपोस्ट संवाददाता
    ५६३ पटक

    एजेन्सी। नर्वेका राजाका पूर्व ज्वाईं एरी ब्यानको ४७ वर्षको उमेरमा निधन भएको उनका प्रवक्ताले जानकारी दिएका छन् ।

    थुप्रै उपन्यास र नाटकका लेखक ब्यानले राजकुमारी मार्था लुइससँग सन् २००२ मा विवाह गरेका थिए ।

    उनीहरुको दुई वर्षअघि सम्बन्धविच्छेद भएको थियो ।

    उनका प्रवक्ताले नर्वेको एनटीबी एजेन्सीलाई ब्यानले अत्महत्या गरेको जानकारी दिए ।

    नर्वेका राजा रानीले एक वक्तव्य जारी गर्दै भने, ‘हाम्रो परिवारमा उनको थुप्रै वर्षदेखि महत्वपूर्ण स्थान छ र उनका राम्रा यादहरु सधैं हामीमाझ रहिरहनेछ ।’

    उनीहरुको विवाहका बेला डेनमार्कमा जन्मिएका ब्यानलाई राजकुमारी मार्था लुइसका लागि एक विवादास्पद साथीको रुपमा हेरिएको थियो । राजकुमारी मार्था राजा हाराल्ड र रानी सोन्जाकी एकमात्र छोरी हुन् ।

    ब्यानले राजकुमारी मार्थालाई उनको आमामार्फत् भेटेका हुन् । उनकी आमा राजकुमारीकी फिजियोथेरापी प्रशिक्षक थिइन्  । त्यतिबेला ब्यान उनको किताब ‘स्याड एज हेल’ का लागि चर्चित थिए । उनी त्यतिबेला विवादमा आएका थिए जब उनलाई लागुऔषधको सेवन गरिरहेका यौनकर्मीसँग पार्टी गरिरहेको देखिएको थियो ।

    उनीहरुका तीन छोरीहरु – माउद, लिह, एम्मा–  छन् । तर सन् २०१६ मा उनीहरु छुट्टि । त्यसको एक वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भयो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)