
झापा । सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले दमकमा रहेकाे सुकुम्बासी बस्ति सरकारी पक्षले हटाउन लागेको भन्दै बस्ति नहटाउन र सुकुम्बासीहरुलाई उचित बसाेबासकाे ब्यवस्थापन गर्न चेतावनी दिएको छ।
जिल्ला सेक्रेटरी श्रीजंगले आज एक विज्ञप्ति जारी गर्दै आफुहरुले पटकपटक सुकुम्बासी समस्याको समाधान गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा समेत
बेवास्ता गरेको र केही राजनितिक दलले सुकुम्बासी समस्यालाई सुत्र बनाएर उनिहरुकै बिरुद्द लागिपरेकाेले सुकुम्बासीहरुलाई उचित व्यवस्थापन नगरे निर्मम संघर्षमा उत्रने बताएका छन्।
स्थानीय सरकारले पटकपटक सुकुम्बासीहरुलाई अन्यत्र सर्न दबाब दिईरहेकाे छ भने विप्लव नेकपा त्यसको ठिक बिपरित सुकुम्बासीलाई हटाएमा प्रतिराेध गर्ने चेतावनी दिईरहेकाे छ।
अघिल्लो बर्षपनि स्थानीय सरकारले बलजफ्ती सुकुम्बासी बस्तीमा डाेजरसमेत परिचालन गरेको थियोे भने विप्लव नेकपाले त्यसको प्रतिराेध गर्दै सुकुम्बासी बस्तिलाई साेहि ठाउँमा स्थापित गरेको थियोे ।
विप्लवका झापा जिल्ला सेक्रेटेरीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएकाे छ, देश यतिबेला सर्वाधिक हिसाबले राजनीतिक संकटमा फसिरहेकाे छ।
सरकारमा विदेशी शक्तिकेन्द्रहरुले आफ्नो प्रतिनिधिहरु खडा गरेर आफ्नो हितमा काम गर्न लगाइरहेका छन् भने यता जनताको माझमा रहेर क्रान्ति गरिरहेकाे हाम्रो पार्टीलाई प्रतिबन्ध लगाइएको छ।
कथित दुई तिहाइकाे हवाला दिँदै केपि/ पिके नेतृत्वको सामाजिक फासिबादी दलाल सत्ताका स्थानिय कारिन्दाहरु जनतालाइ दमन र अत्यचार गर्न सकेसम्मको बल प्रयोग गरिरहेका छन ।
यसै सन्दर्भमा झापा जिल्ला दमक नगरपालिका स्थित वडा नं ७ का विभिन्न स्थानमा बिगत लामो समय देखि बसोबास गरिरहेका सुकुमवासीहरुलाई बसोबास स्थल खाली गर्नका निम्ति भ्रस्ट सत्ताका जनप्रतिनिधि र निकायहरुले गरेको उर्दि र प्रयत्न प्रती हाम्रो पार्टिको गम्भीर ध्यानाकर्षण भएको छ ।
हाम्रो पार्टीले विगतमै सुकुमबासीहरुको समस्या समाधान गर्नको निम्ति गम्भीर बनेर सम्बन्धित निकायले पहल गर्न अनुरोध गरेको र सो सम्बन्धमा पार्टिले पटकपटक संघर्ष समेत गरेको कुरा आम झापाली जनसमुदायलाई अवगत छ।
झापाका केही राजनितिक पार्टी र केपि/ पिके दलाल सत्ताका कारीन्दाहरुले सुकुम्वासीका समस्यालाई राजनितीक मसला बनाएका छन्।
सुकुम्बासीहरुका अधिकारका निमित्त हाम्रो पार्टिले गरेको संघर्ष पछि सल्बलाएका राजनितिक दलहरुको निष्कर्षहिन क्रियाकलापले उनिहरुकाे घिनाैलाे चरित्रको पर्दाफास भएको छ।
यतिबेला फेरि उनिहरुबाट सुकुमबासी माथी दमन गर्ने प्रयत्न भैरहेको छ। सुकुमबासीहरु आफ्नो अधिकारको निम्ति हार गुहार गरिरहेका छन्,भने केपि/पिकेका कारीन्दाहरु गुमनाम रहँदै सुकुम्बासी बस्ति हटाउन लागिपरेका छन् ।
हामी पुन अनुरोध गर्न चाहान्छौ सुकुमबासिको उचित ब्यवस्थापन गरियोस र सुकुमबासिहरु माथि दमन गर्ने प्रयत्न नगरियोस ।
सुकुमबासी माथी दमन गरेर अगाडि बढे हाम्रो पार्टी निर्ममता पुर्वक प्रतिरोध संघर्षमा उत्रने यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।
अन्त्यमा, आम सुकुमबासीहरुलाई दलाल सत्ताका कारिन्दा भु- माफिया, तस्कर , ठेकेदार र जनप्रतिनिधीहरुले भुमिहिन, गरिब सुकुमबासी जनतामाथि गर्ने अत्याचारका बिरुद्ध एक हुन र त्यसका बिरुद्ध सशक्त प्रतिरोध गर्न अपिल गर्दछौं ।
हाम्रो पार्टी सुकुमबासिको बसोबास रक्षाको निम्ति संधै अग्रपंक्तिमा रहने जानकारी गराउँदै सुकुम्बासी बस्ति खालि नगर्न,उनिहरुलाई उचित बसाेबासकाे
ब्यवस्थापन गराउन भन्दै सुकुम्बासीहरुलाई उचित ब्यवस्थापन नगरी हटाउन खोजिएमा निम्तिने दुर्घटनाको जिम्मेवार सम्बन्धित पक्ष हुने जानकारी गराउँछाै भनि विज्ञप्तिमा भनिएकाे छ ।