News Portal

  • बलात्कार अभियुक्त ब्यक्तिकाे फर्जि जन्मदर्ता बनाउने वडा सचिव पक्राउ

    रातोपोस्ट संवाददाता
    ६०७ पटक

    बिरगंज ।महिला बलात्कारको अभियाेगमा पुर्पक्षका लागि जेलमा रहेका एक युवाको उमेर घटाएर फर्जि जन्मदर्ताकाे प्रमाणपत्र बनाएको आराेपमा प्रहरीले एकजना वडा सचिवलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका-५ का वडा सचिव प्रभु पंडित रहेका छन्।

    गत कात्तिक ७ गते पचरौता नगरपालिका-५ की ३३ वर्षीया एक महिलालाई सोही स्थानका १८ वर्षीय सोहन भनिने जितेन्द्र महत्तो नुनियाले बाटो छेकेर  बगैंचामा लगेर बलात्कार गरेका थिए। पिडित पक्षले बलात्कार गरि फरार भएका नुनियाकाे बिरुद्ध प्रहरीमा उजुरी दिएपछि  प्रहरीले फरार रहेका नुनियालाई मंसिर ५ गते पक्राउ गरेको थियो।

    प्रहरीले जबरजस्ती करणी उद्योग कसूर शीर्षकमा मुद्धा दर्ता गरी बारा जिल्ला अदालतमा पेश गरेपछि अदालतले पुष १ गते पुर्पक्षको लागि जेल चलानको आदेश दिएको थियो।

    उक्त घटनामा अभियुक्तलाई फाइदा तथा पिडितलाई हानी, नोक्सानी पुर्याउने नियतले वडासचिव पडितले २०५८ सालमा जन्म भएका अभियुक्त नुनियाको २०६० सालमा जन्म भएको भनी किर्ते जन्मदर्ताको प्रमाणपत्र बनाएर दिएको भन्दै पिडित पक्षले पुन प्रहरीमा उजुरी दिएपछि  त्यहि उजुरीको आधारमा प्रहरीले वडा सचिव नुनियालाई बुधबार साँझ पक्राउ गरेको हो। पक्राउ परेका वडा सचिव महतोलाई बारा जिल्ला अदालतमा पेश गरी पाँच दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको बारा प्रहरीले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)