News Portal

  • मकवानपुरमा टाटा सुमो दुर्घटना– ३ जनाको मृत्यु ,६ घाइते

    रातोपोस्ट संवाददाता
    ७४८ पटक

    हेटौंडा– मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

    इन्द्रसरोवर गाउँपालिका—३ ओखर डाँडामा ना१ज ३४३३ नम्बरको सुमो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका प्रहरी नायब निरीक्षक कुलानन्द झाले जानकारी दिए।

    उनका अनुसार घाइतेहरूलाई फर्पिङमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ।

    रौतहटको चपुरबाट काठमाडौंतर्फ आईरहेको सुमो सवा १२ बजेतीर सडकबाट झण्डै ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

    मृतकहरूमा एक महिला र दुई पुरुष रहेको तर उनीहरुको पहिचान खुल्‍न बाँकी रहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)