News Portal

  • बुटवलको एनसेल मेलाको मञ्चमै शक्तिशाली बम विष्फोट

    रातोपोस्ट संवाददाता
    २४८६ पटक

    बुटवल -११ पाैष। बिप्लप नेतृत्वको नेकपाले एनसेललाई कुनै मेला महोत्सव नगर्न चेतावनी दिएको भोलिपल्ट एनसेलले बुटवलमा आयोजना गर्न थालेको कन्सर्टको स्थलमा बम बिस्फोट भएको छ ।

    पौष १२ गते बुटवलको सिद्देश्वर स्कुलको प्राङ्गनमा एनसेलको कन्सर्ट गर्ने तयारी चलिरहेको अघिल्लो राती ९ बजे र १० बजेकाे समयमा बम बिस्फोट भएको हो । बुटवलको सुख्खानगर स्थित सिद्देश्वर माबिको नजिकै बिस्फोटको आवाज आए लगत्तै स्थानीयबासी त्रसित बनेका थिए । आवाज आए लगत्तै प्रहरी बिद्यालय परिषरमा पुगेपनि बिस्फोट भएको बिषय प्रहरीले अस्विकार गरेको छ ।

    बिहिबार बिप्लप नेतृत्वको नेकपाका रुपन्देही सेक्रेटरी बिजयले एक बिज्ञप्ती प्रकाशित गर्दै एनसेललाई कुनै मेला महोत्सव नगर्न चेतावनी दिएका थिए । उनले निकालेको बिज्ञप्तीमा राज्यलाई तिर्नुपर्ने कर नतिरी मेला गरेमा कारवाहि गरिने र त्यसको जिम्मा एनसेल आफैले लिनु पर्ने उल्लेख गरेका थिए । शुक्रबार ९ बजे र१०:३० मा शक्तिशाली बम बिष्फाेट भएको स्थानीय बासिन्दाले बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)