News Portal

  • झापा स्पोर्टस् अवार्डकाे लागि : खेलकुद पत्रकार मञ्च र नेम्वाङबीच सम्झौता

    रातोपोस्ट संवाददाता
    ८०९ पटक

     झापा। नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले ‘झापा स्पोर्टस् अवार्ड’ का लागि दाताहरुसँग आर्थिक सम्झौता सुरु गरेको छ ।
    यसै क्रममा आगामी तीन वर्षका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र मञ्चबीच आर्थिक सम्झौता नवीकरण भएको छ । नेम्वाङले यसअघि अवार्डका तीन संस्करणमा पनि सहयोग गरका थिए । नेम्वाङका भाइ पूर्वफुटबल खेलाडी आशिषविक्रम नेम्वाङको स्मृतिमा मञ्चले ‘झापा स्पोर्टस् अवार्ड’ गर्दै आएको छ ।

    झापाको धुलाबारीमा आयोजित एक कार्यक्रमका बीच नेम्वाङ र मञ्च झापाका अध्यक्ष हिमाल खरेलबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । नेम्वाङले आफ्ना भाइको स्मृतिमा मञ्चलाई अवार्ड सम्पन्न गर्न सहयोग गर्दै आएका हुन् । मञ्चका अध्यक्ष खरेलका अनुसार अवार्डको चौथो, पाँचौँ र छैटौँ संस्करणका लागि नेम्वाङले एक लाखका दरले तीन लाख रुपैयाँ प्रदान गर्ने सम्झौता भएको हो ।

    सम्झौतापछि नेम्वाङले खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । नेम्वाङले भने, ‘मेरो सानो सहयोगले खेलाडीलाई उत्प्रेरणा मिल्छ भन्ने आशा राखेको छु ।’ कार्यक्रममा अध्यक्ष खरेलले मञ्चमार्फत खेलकुद र खेलाडीको उन्नति र हौसला प्रदान गरेको भन्दै नेम्वाङलाई धन्यवाद दिए । खेलकुद क्षेत्रको विकास र विस्तारका लागि मञ्चले विभिन्न ६ विधामा अवार्ड प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)