News Portal

गृहजिल्लामा प्रदेश प्रमुख प्रसाईलाई सम्मान

रातोपोस्ट संवाददाता
९७३ पटक

झापा । प्रदेश नम्बर ३ का प्रमुख विष्णुप्रसाद प्रसाईलाई शनिबार सम्मान गरिएको छ । मेचीनगर नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी प्रदेश प्रमुख प्रसाईलाई सम्मान गरेको हो ।

काँकरभिट्टा खानेपानी संस्थामा आयोजित सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रसाईले समृद्ध मेचीनगर निर्माण भए आफूले साँचो अर्थमा सम्मानित भएको अनुभूति हुने बताए ।

दलगत स्वार्थभन्दा माथि उठेर नगरको विकासमा सबै राजनीतिक दल एक हुनुपर्ने उनको भनाई थियो । ‘मेचीनगरमा धेरै अवसरहरु छन्, त्यसको सहि सदुपयोग भए विकासले फड्को मार्छ ।’

उनले भने–‘नगरभित्रका पर्यटकीय तथा धार्मिक क्षेत्रको विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ ।’ कार्यक्रमका विशेष अतिथि प्रदेश सांसद् गोपालचन्द्र बुढाथोकीले पार्टीभित्र गलत राजनीतिक चरित्र हावी हुादै गए त्यसले व्यक्ति मात्र समाप्त नभई पार्टी समेत कमजोर र दिशाहिन बन्ने बताए ।

उनले नैतिक मूल्यको प्रतिष्पर्धा दलभित्र हुन आवश्यक रहेको धारणा व्यक्त गरे । कार्यक्रममा नेपाली काँग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपाका प्रकाश भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्मान कार्यक्रममा प्रदेश सांसद् श्रीप्रसाद मैनाली, राधा थापा, नेकपाका नगर अध्यक्ष माधवलाल अर्याललगायतको आतिथ्यता थियो ।

मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यको सभापतित्व रहेको कार्यक्रमम स्वागत उपप्रमुख मीना उप्रेती र सञ्चालन कार्यपालिका सदस्य कृष्ण कनालले गरेका थिए ।

सो अवसरमा स्याण्डी एण्ड फ्युजन ब्याण्डले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो

प्रतिकृया दिनुहोस्