News Portal

  • कांग्रेसमा टुट्दै संवाद

    रातोपोस्ट संवाददाता
    ३३२ पटक

    काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णयप्रति असन्तुष्ट पक्षले आपत्ति जनाएको छ। बहुमतका नाममा एकलौटी ढंगले अगाडि बढ्न खोजेकाले अब नेतृत्वसँग संवाद नगर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्।

    ‘हाम्रा कुरा स्पष्टसँग राखेका छौं। हामी सभापतिज्यूसँग कुरा गर्न जाँदैनौं। देशभरका नेताकार्यकर्तासँग संवादमा छौं’, पौडेलले भने, ‘हामी कम्युनिस्ट सरकारलाई धेरै मत ल्यायौं भन्दैमा संवैधानिक निकायमा मनपरी कहाँ गर्न पाइन्छ भनेर शेरबहादुर देउवाजीकै नेतृत्वमा सरकारलाई खबरदारी गरिरहेका छौं। तर, यहाँ बहुमत छ भन्दैमा एकलौटी निर्णय कसरी भइरहेका छन् रु प्रश्न उठेका छन्।’

    वरिष्ठ नेता पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गरे पनि बिहीबार सभापति देउवाले अर्को वर्ष फागुनमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिकलगायत विभिन्न निर्णय गराएका थिए। त्यसपछि सामूहिक धारणा तय गर्न शुक्रबार संस्थापनइतरको बैठक महामन्त्री डा शशांक कोइराला निवास महाराजगन्जमा बसेको थियो। केन्द्रीय कार्यसमितिको निर्णय गलत भएको निष्कर्ष निकाल्दै बैठकले मुलुकभरका पार्टी नेता, कार्यकर्तासँग संवाद गर्ने निर्णय गरेको हो।

    ‘निर्णयहरू गलत मनसायमा भएका छन्, सच्याइनुपर्छ। पार्टीलाई निष्पक्षता, पारदर्शी र न्यायका आधारमा सञ्चालन गरेर लैजानुपर्छ’, बैठकपछि पौडेलले भने, ‘हिजोका निर्णय विधान र सहमतिको भावनाविपरीत छन्। प्रजातान्त्रिक मर्मविपरीत छन् र पार्टी परम्पराविपरीत छन्।’ भ्रातृसंस्था गठन र विभाग बढाउने कुरा पनि विधानअनुसारै हुनुपर्नेमा उनले जोड दिए। आजको अन्नपूर्ण पोष्ट्मा छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)