News Portal

  • नेकपा बैठकमा पहिलोपटक ओली र प्रचण्ड एउटै लहरमा

    रातोपोस्ट संवाददाता
    ६६२ पटक

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्ड एउटै लहरमा बसेका छन् ।

    आइतबार दुवै अध्यक्ष पहिलोपटक एउटै लहरमा बसेर पार्टी बैठक संचालन गरिएको हो ।

    ओली र प्रचण्डलाई एउटै मुखाकृत हुनेगरी सँगै कुर्सी राखिएपछि चासो बढेको छ ।

    विगतमा अध्यक्षता गर्ने ओलीमात्र एकातर्फ बसी बाँकी सचिवालय सदस्य लहरै बस्दथे ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओली र प्रचण्डले संयुक्त अध्यक्षता गरेर बैठक संचालन गरिएको सन्देश दिइएको छ ।

    कुर्सीको दायाँतर्फ ओली र बाँयातर्फ प्रचण्ड थिए ।

    कार्यकारी अधिकार प्राप्त गरेपछि प्रचण्डले केही हप्ता अघि बैठक डाकेका थिए ।

    उनी पछिल्लो समय सक्रिय हुँदै गएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)