
एजेन्सी। अमेरिकाको टेक्सास राज्यमा रहेको एक चर्चमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ।
ह्वाइट सेटलमेन्टको चर्च अफ क्रिस्टमा आइतबार बिहान प्रार्थना भइरहेका बेला एक बन्धुकधारीले गोली चलाएका थिए।
दुई जनालाई उनले चलाएको गोली लागेपछि चर्चका अधिकारीहरूले उनैलाई गोली हानेका थिए।
गोली लागेका तीन जनालाई उपचारका लागि अस्पताल लगिएको थियो।
तीमध्ये आक्रमणकारी र उनले गोली हानेका एक जनाको बाटैमा मृत्यु भयो भने एक घाइतेको उपचार भइरहेको छ।
टेक्सासका गभर्नर ग्रेग अबोटले विज्ञप्ति जारी गरेर प्रार्थना गर्ने स्थान पवित्र हुने माध्यम भएको उल्लेख गर्दै तत्काल आक्रमणकारीलाई रोकेर
अरू क्षति हुन जोगाएकोमा चर्चका अधिकारीहरूलाई धन्यवाद दिएका छन्।
प्रार्थनाको युट्युबमा लाइभ गरिएकाले सुटिङको भिडिओ पनि कैद भएको छ।
न्युयोर्कमा चक्कु घोपेर पाँच जना घाइते भएको अर्को दिन टेक्सासमा गोली काण्ड भएको हो।