News Portal

प्रदेश ३ को नाम बागमती हुँदैन, नेवा-ताम्सालिङ राखौँ

रातोपोस्ट संवाददाता
७४६ पटक

काठमाडौं : प्रदेश ३ का सांसदहरुले नेवाः तामसालिङको नाममा प्रदेशको नामाकरण गरिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंको तमुबौद्ध सेवा समितिमा पत्रकार सम्मेलन गरि उनीहरुले संविधानले तय गरेका पहिचानका ५ र सामथ्र्यका ४ आधार तथा संघीयताको अन्तर्राष्ट्रिय अनुभवका आधारमा आफुहरुले नेवाः तामसालिङ नाम प्रस्ताव गरेको बताए ।

प्रदेश नम्बर ३ ले बहुपहिचानलाई प्रतिनिधित्व गरेको भएपनि मुख्य बाहुल्यता नेवार र तामाङ समुदायको भएको भन्दै सांसदहरुले प्रदेशको नाम नेवा तामसालिङ नै राखिनुपर्ने दाबी गरे ।

पत्रकार सम्मेलनमा सांसद सीता अधिकारीले विभिन्न सभ्याताहरुको योगको रुपमा रहेको नेवा सभ्यता र वत्तिस हजार बर्ष पुरानो ईतिहास बोकेको तामसालीङ सम्भताको वस्तुगत धरालतीय आधारमा बहुपहिचानको प्रतिनिधित्व हुनेगरी नेवाः तामसालिङ नामाकरण गर्नु उपयुक्त हुने तर्क गरिन् ।

अर्का सांसद रत्न ढकालले २० प्रतिशत तामाङ र १७ प्रतिशत नेवार बसोबास गर्ने भएकाले त्यसैलाई आधार बनाएर नामाकरण गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी सांसद प्रतिमा श्रेष्ठले जातिय पहिचानको आधारमा प्रदेशको बसोबासको वस्तुस्थितिकै आधारमा नाम प्रस्तावित गरिएको बताइन् ।

प्रदेश नम्बर ३ को सचिवालयमा यही जेठ ९ गते सांसद ओम घलान र प्रतिमा श्रेष्ठ प्रस्तावक रहेर ३ नम्बर प्रदेशको नाम ‘नेवा ताम्सालिङ’ प्रदेश राखियोस् भनी प्रस्ताव दर्ता भएको छ ।

यस प्रस्तावलाई सांसदहरु रत्न ढकाल, प्रेम बहादुर तामाङ र सीता अधिकारीले समर्थन गर्नुभएको छ । अहिले सम्म प्रदेशका लागि गौरीशंकर र नेवामण्डल गरि थप दुई नामका प्रस्ताव पनि दर्ता भएका छन् ।

प्रतिकृया दिनुहोस्