News Portal

घुसकाण्डमा मुछिएका दोलखाका तत्कालीन प्रजिअ रिजाल पक्राउ

रातोपोस्ट संवाददाता
४९७ पटक

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) उपसचिव खगेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको छ ।

आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुसँग घुस लिएको आरोप लागेका रिजाल अहिले निलम्बनमा छन् ।

रिजालमाथि लागेको सोही आरोपको थप अनुसन्धानका लागि भन्दै अख्तियारले मंगलबार उनलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले रिजाललाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।

अभद्र व्यवहार सम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तसँग रिजालले ९० हजार घुस लिएको विषय सार्वजनिक भएको थियो ।

घुस लिएको विषय सार्वजनिक भएपछि गृह मन्त्रालयले गत बिहीबार नै उनलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानेको थियो ।

प्रतिकृया दिनुहोस्