News Portal

  • भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन, चार देशका पर्यटन मन्त्री काठमाडौंमा

    रातोपोस्ट संवाददाता
    ५१८ पटक

    काठमाडौं। नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन विभिन्न चार देशका पर्यटन मन्त्रीहरु काठमाडौं आइपुगेका छन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार नेपाल भ्रमण २०२० को उदघाटन् समारोहमा सहभागी हुन चीनका पर्यटन मन्त्री वाङ सियोफिङ, भारतका प्रल्हादसिंह पटेल, जमैकाका एडमण्ड बार्टलेट,  र म्यानमारका यू ओन मौग काठमाडौँ आएका हुन्।

    नयाँ वर्षको पहिलो दिन जनवरी १ अर्थात पुस १६ गते बुधबार नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिने कार्यक्रम छ ।

    भ्रमण वर्ष सचिवालयकाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा भ्रमण वर्ष अभियानको उद्घाटन गर्नेछिन् भने त्यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    भ्रमण वर्षको उद्घाटन भव्यरुपमा गरिने भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)