News Portal

  • विप्लव नेकपालाई सानो झिल्को नठान्‍नु, नत्र देशमा डढेलो लाग्ला : सांसद देवकोटा

    रातोपोस्ट संवाददाता
    ७४७ पटक

    काठमाडौं : सांसदहरुले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई तत्काल वार्तामा ल्याएर मूलधारमा फर्काउन माग गरेका छन्।

    बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद अनिता देवकोटाले विप्लव नेकपालाई आगोको सानो झिल्को ठान्ने गल्ती नगर्न सरकारलाई सचेत गराएकी छन्।

    ‘भूमिगत अवस्थामा विद्रोह गरिरहेको विप्लव नेकपालाई सानो झिल्का नठानियोस्, नत्र देशमा डढेलो लाग्न सक्छ’, उनले भनिन्, ‘विद्रोहमा रहेको नेकपा विप्लव लाई सानो झिल्को नठानी वार्तामा ल्याइयोस र समाधान गरियोस।’

    सांसद देवकोटाले अहिले सरकारको नेतृत्वमा रहेका र विप्लव नेकपा कुनै बेला एकै ठाउँमा रहेकाले समस्या समाधानमा अफ्ठेरो नहुने उल्लेख गरिन्।

    ‘अहिले सरकारको नेतृत्व गर्ने र विप्लव नेकपा सजातीय भएकाले एकलाई अर्काको कमजोरी थाहा छ’, उनले भनिन्, ‘दैलेखका गाउँपालिका अध्यक्षलाई १८ घण्टापछि कालिकोटबाट मुक्त गराइयो। एनसेलका टावर जलिरहेका छन्, यसले राम्रो संकेत गर्दैन।’

    सांसद देवकोटाले विप्लव नेकपालाई वार्तामा ल्याइ यो समस्या समाधान गर्न नसकेमा देशमा अर्को द्वन्द्व चकिर्नेतर्फ सरकारलाई सचेत गराइन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)