News Portal

  • विप्लव नेकपाका सचिवालय सदस्य, गिरी सत्तारुढ नेकपामा प्रवेश

    रातोपोस्ट संवाददाता
    ८१८ पटक

    झापा । नेत्र चन्द विक्रम ‘विप्लव’ नेतृत्वको नेकपाका झापा जिल्ला सचिवालय सदस्य याम गिरी रिहा भएसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

    ‘विप्लव’ नेतृत्व नेकपाका जिल्ला सचिवालय सदस्य शिवसताक्षी नगरपालिका २ बस्ने याम गिरी जिल्ला अदालत झापामा धरौटी बुझाएर रिहा भएसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

    गिरीलाई प्रहरीले मसिर २० गते काठमाण्डौ तिनकुनेबाट पक्राउ गरेकाे थियाे। पक्राउ परेका गिरीले २ लाख ७५ हजार धरौटी बुझाएर रिहा भएका थिए ।

    प्रहरीले उनीमाथि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणाधीन भवनमा बम बिस्फोट गराएको आरोप लगाएको थियो ।

    उनले विज्ञप्ति जारीगर्दै विप्लव पार्टी परित्याग गरेकाे बताएका थिए । झापा जिल्ला अदालतमा अहिले पनि उनको मुद्धा चलिरहेको छ ।

    गिरीलाई नेकपाका झापा जिल्ला सचिव मणि कुमार साम्पाङ्ग ( विजय ), प्रदेश सदस्य क. राेसन, झापा जिल्ला पार्टी कार्यालयका सदस्य अरुण श्रेष्ठ ,भद्रपुर नगरका सइन्चाज नरेश सन्जेल, राष्ट्रिय युवा सघ नेपालका केन्द्रीय सदस्य कुमार आचार्य,  जिल्ला  सदस्य गोपाल प्रसाई, जिल्ला सदस्य खगेन्द्र  पराजुली लगायातले जिल्ला पार्टी कार्यालय बिर्तामोडमा नेकपामा प्रवेश गराएका थिए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)