News Portal

  • आजबाट तीन दिन भारी हिमपात र वर्षाको सम्भावना , सतर्कता अपनाउन अनुरोध

    रातोपोस्ट संवाददाता
    ३९९ पटक

    काठमाडौं :जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट तीन दिन भारी हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ ।पश्चिमी न्यूनचापिय प्रणालीका कारण अहिले देशभरको मौसम बदली भएको छ।

    पश्चिमका केहि भागका पानी परिरहेको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

    दिउँसो देशका धेरै स्थानमा पानी पर्ने संभावना रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

    काठमाडौं उपत्यकासहित मध्य, पुर्व र पश्चिमका अधिकांश स्थानको मौसम पूर्ण रुपमा बदली भइ अधिकासं स्थानमा पानी पर्ने मानन्धरले बताइन्।

    देशका सबैजसो उच्च पहाडी र हिमाली भेगमा आज पनि हिमपात हुनेछ।

    केहिदिन यता नेपालमा भित्रिएको पश्चिमी न्युन चापिय प्रणालीको असरका कारण देशका धेरैजसो स्थानको मौसम पूर्ण रुपमा बदली भई ठाउँ ठाउँमा वर्षा र हिमपात भइरहेको छ।

    यस प्रणालीको असर विषेश गरी पश्चिमी भेगका बढी देखिएको छ।

    यो प्रणाली भोलि देखि क्रमिक रुपमा कमजोर हुँदै जाने संभावना रहेको महाशाखाले जनाएको  छ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसंगै वर्षा/हिमपातको सम्भावना रहेको र चिसो बढ्ने हुँदा सतर्कता अपनाउन सबैलाई अनुरोध छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)