![](https://ratopost.com/wp-content/themes/ratopostv2/images/1px.gif)
झापा। भ्रमण बर्ष २०२० लाई सफल बनाउने उद्देश्यका साथ महाकाली -मेची पैदल यात्रा सुरु गरेका झापाका २ युवा आज झापाकाे काकडभिट्टा स्थित मेचि सिमाना आइपुगेका छन्।
गत मंसिर २० गते महाकालीको महेन्द्रनगर स्थित गुड्डाचाैकिबाट महाकाली–मेची पैदलयात्रा सुरु गरेका दुई युवा २९ दिनमा आज झापा आइपुगेका हुन्।
झापाको मेचिनगर स्थित काकडभिट्टा निवासी सुरेश उप्रेती र झापाकै दमक निवासी खगेन्द्र निरौला पूर्वपश्चिम राजमार्ग हुदै आज काँकरभिट्टा आइपुगेेका हुन् । पैैैदल यात्रीलाई आज मेचीनगरको प्रवेश सिमाना चारआली नजिकै मेचीनगर वडा नं १२, १३ र १४ को तर्फबाट स्वागत तथा सम्मान गरिएको थियो ।
पैदल यात्री उप्रेती र निरौलाले यात्राको क्रममा ब्यवसायी तथा स्थानीय संघ संस्थाहरुले भ्रमणमा सहयोग पुर्याएकाेमा धन्यवाद दिँदै खुसी ब्यक्त गरे। उनिहरुका अनुसार सुरुवातमा केही कठिनाई भोग्नु परे पनि आफ्नो अभियानलाई सफल बनाउन आफुहरु निरन्तर लागि परेेको र धेरै नेेेपालीको साथ सहयोग र माया पाएकाे बताए ।
पैदल यात्री उप्रेती र निरौला आज मध्यान्न १२ बजे यात्राको अन्तिम गन्तब्य रहेको काँकरभिट्टा आईपुगेका थिएभने, पैदल यात्रीलाई काकरभिट्टामा स्थित मेचीनगर पर्यटन बोर्ड, बिभिन्न संघ संस्थाका प्रतीनिधि तथा स्थानीयहरुले स्वागत तथा सम्मान गरेका थिए ।
पैदल यात्रीले अतिथिहरुसंगै मेची पुल स्थित नेपाल भारत सिमाना सम्म पुगि औपचारकि रुपमा यात्राको समापन गरेका थिए ।