News Portal

  • ग्रामिण क्षेत्रमा सञ्चालन गरिने पर्यटन उद्योगलाई आयकर छुट दिने व्यवस्था गरिँदै

    रातो पाटि
    ५१९ पटक

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ग्रामिण क्षेत्रमा सञ्चालन गरिने पर्यटन उद्योगलाई आयकर छुट दिने गरी विधेयक ल्याइएको बताएका छन् ।

    ‘पर्यटन विधेयक – २०७६’ माथि सम्बन्धित सरोकारवालाहरुसँग छलफलमा मन्त्री भट्टराईले ग्रामिण क्षेत्रमा खोलिने वर्गीकृत होटल, तथा रिसोर्ट लगायतका पर्यटन उद्योगहरु सञ्चालनमा आएको पाँच वर्षसम्म आयकरमा पूर्ण छुट दिने र थप पाँच वर्षसम्म पचास प्रतिशत छुट दिने व्यवस्था गरिएको बताए ।

    उनले पर्यटन क्षेत्रलाई विकेन्द्रीकृत गर्नुपर्ने अवस्था आएको समेत बताए । पछिल्लो समय पोखरा, अन्नपूर्ण, सौराह, सगरमाथा लगायतका क्षेत्रमा मात्र पर्यटन क्षेत्र केन्द्रीत भएको बताउँदै अन्य ठाउँका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्न आयकरमा दिइएको छुटले सहयोग पु¥याउने उनले बताए ।

    कार्यक्रममा होटल एसोसिएसन नेपालका उपाध्यक्ष विनायक शाहले पर्यटन व्यवसायीहरुले दर्ता, अन्तशुल्क, ट्याक्स, विदेशी मुद्रा लगायतका सुविधा एकद्धार प्रणाली मार्फत दिने व्यवस्था विधेयक बाटै गर्न सुझाव दिए ।

    पर्वतारोही माया शेर्पाले एक विदेशी आरोही बराबर एक नेपाली आरोही हुनै पर्ने र सबै नेपाली आरोहीको अक्षयकोषको व्यवस्था सहित विधेयक ल्याउनुपर्ने बताए ।

    नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले विगतमा भएका अस्पस्ट नीतिलाई विधेयकमार्फत स्पस्ट गर्नुपर्ने बताए । कार्यक्रममा पर्यटन व्यवसायीहरुले पर्यटकको सुरक्षा, स्वास्थ्य, सुविधा र हित अभिवृद्धिहुनेगरी विधेयक ल्याउन सुझाव दिएका छन् ।

    त्यस्तै व्यवसायीहरुले मुलुकमा पर्यटन संस्कृतिको विकास गर्दै गुणस्तरीय पर्यटकको आगमनमा जोड दिनुपर्ने समेत बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)