News Portal

काकडभिट्टामा सञ्चालन हुने टि-टेन लिगको ट्रफी सार्वजनिक

रातोपोस्ट संवाददाता
१०१० पटक

झापा। झापाकाे काकडभिट्टामा पहिलोपटक हुन लागेको  प्रथम टि–टेन क्रिकेट लिगकाे ट्रफी सार्वजनिक गरिएको छ।

यही पुस २४ गतेदेखि माघ १ गतेसम्म  काँकरभिट्टास्थित तुर्केनी खेलमैदानमा लिग आयोजना गर्न लागिएको र उक्त लिगको ट्रफी आज सहभागी टिमका क्याप्टेन र पत्रकारहरुकाे उपस्थितिमा सार्वजनिक गरिएको हो ।

लिगमा १२ वटा विभिन्न टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष वीरु श्रेष्ठले सम्मेलनमा जानकारी दिए । मेचीनगरमा क्रिकेट खेलको विकास र विस्तार गरी दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले लिग आयोजना हुन लागेको उनले बताए ।

 

लिगका लागि मेचिनगर नगरपालिका र मेचि नेत्रालयकाे मुख्य  प्रायोजन रहेकाे छ भने अन्य विभिन्न संघसंस्था ,होटल लगायतको सहयोग रहेको आयोजकले जनाएको छ। ‘लिग सम्पन्न गर्न पूर्व खेलाडीबाट समेत स्वेच्छिक रकम प्राप्त भएको र अन्य दाताबाट पनि सहयोग संकलन चलिरहेको आयोजक कमिटीका अध्यक्ष विरु श्रेष्ठले जानकारी दिए।

लिगमा आयोजक मिलन क्रिकेट क्लब, लालिगुराँस क्रिकेट एकाडेमी शिवसताक्षी, युनाइटेड क्रिकेट एकाडेमी विर्तामोड, बोस्टन क्रिकेट एकाडेमी बिर्तामोड, एन.सि.एस.एस झापाले भाग लिने जनाइएको छ ।

त्यस्तै, लिगमा व्याइट वास क्रिकेट क्लब सुरुङ्गा, धुलाबारी क्रिकेट क्लब, बाहुनडाँगी क्रिकेट एकाडेमी, आदर्श क्रिकेट एकाडेमी चन्द्रगढी, मेची क्याम्पस क्रिकेट टिम, इनिङ स्टार काठमाडौं र द आर्ट अफ क्रिकेट सुनसरी समेत सहभागी हुने बताइएको छ ।

 

लिगमा बेस्ट ब्याट्स म्यान, बेस्ट बलर, बेस्ट फिल्डर, म्यान अफ द सिरिजलगायतले जनही ३ हजार रुपैयाँ हात पार्नेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याचले समेत नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

स्टिज बलबाट खेलिने उक्त १० ओभरको खेलमा प्रवेश शुल्क ५०००/- लिएको र त्यसबाट रु २००० साेहि टिमकाे लागि खाजा खर्च स्वरुप फिर्ता गरिने आयोजकले जनाएको छ।खेलमा जर्सि,जुत्ता ,टाउजर अनिवार्य हुनुपर्ने ,खेलमा कुनै विवाद उत्पन्न भए अन्तिम निर्णायककाे निर्णय मान्य हुने,खेल ICC काे नियम अनुसार खेलाइने र खेल खेल्दै गर्दा खेलाडीलाई कुनै चाेटपटक लागेमा सामान्य चाेटपटककाे उपचार आयोजकले गर्ने र त्यो भन्दा माथिको चाेटपटक लागेमा स्वयं जिम्मेवार हुने आयोजकले बताएको छ।

लिगको विजेता टिमले नगदराशी ५० हजार ५१ तथा उपविजेता टिमले २५ हजार ५१ रुपैयाँसहित ट्रफि प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष श्रेष्ठको भनाई छ । लिग सम्पन्न गर्न विभिन्न शीर्षकमा गरी ४ लाख ५७ हजार २ रुपैयाँ खर्च पूर्वानुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्