News Portal

  • कांग्रेस र समाजवादी पार्टीबीच चुनावी तालमेल

    रातोपोस्ट संवाददाता
    ६२१ पटक

    काठमाण्डाै । प्रमुख विपक्षी दल नेपाली कांग्रेस र अर्काे विपक्षी दल समाजवादी पार्टीबीच आउँदाे माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार साँझ दुवै दलका शीर्ष नेतृत्वबीच भएको छलफलले राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं २ मा चुनावी तालमेल गर्ने सहमति गरेको कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

    प्रदेश नं २ मा हुने चार पदको निर्वाचनमा कांग्रेसका तर्फबाट महिला र अलपसङ्ख्यक तथा समाजवादी पार्टीका तर्फबाट दलित र अन्य पदमा उम्मेदवारी दिने दुवै दलबीच सहमति भएको छ ।

    नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरूको पदावधि छ वर्षको हुन्छ । संविधानको धारा, ८६ (३) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ । स्थायी सदनका रूपमा रहेको राष्ट्रियसभामा ५९ सदस्य हुन्छन् ।

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)