News Portal

  • कांग्रेसले छान्यो राष्ट्रियसभा सदस्य उम्मेदवार

    रातोपोस्ट संवाददाता
    ३३० पटक

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले उम्मेदवारी टुंगो लगाएको हो।  नेपाली कांग्रेसले १४ जना उम्मेदवारको नाम सिफारिस गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

    माघ ९ गते हुने निर्वाचनको लागि कांग्रेसले उम्मेदवार तय गरेको हो।  रिक्त हुने १८ पदका लागि निर्वाचन हुँदै छ। प्रदेश ६ का २ उम्मेदवार हुन बाँकी छन् । भने बाँकी दुई कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेको छ।

    को को भए उम्मेदवार?

    प्रदेश नं. १

    १. निरबहादुर विश्वकर्मा (पाँचथर) दलित

    २. मिना पुलामी मगर (सुनसरी) महिला

    ३. राजेन्द्र घिमिरे (झापा) अन्य

    प्रदेश नं. २

    १. नगिना यादव (महोत्तरी) महिला

    २. भोला पन्जियार (धनुषा) अल्पसंख्यक÷अपाङ्गता

    प्रदेश नं. ३

    १. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य

    २. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला

    प्रदेश नं. ४

    १. सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य

    २. विमला गौचन (म्याग्दी) महिला

    प्रदेश नं. ५

    १. बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य

    २. गिरिजा न्यौपाने (दाङ) महिला

    ३. मेराज हलवाई (बाँके) अल्पसंख्यक्अपाङ्गता

    प्रदेश नं. ७

    १. प्रताप ठगुन्ना (बैतडी) अन्य

    २. तुलसी देवकोटा (कैलाली) महिला

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)