News Portal

नवोदय सहकारीले सुरु गर्यो बुधवारेबाट बचत तथा ऋणको कारोवार

रातोपोस्ट संवाददाता
७४२ पटक

झापा। केरखाको कमल गाउँपालिकामा मुख्य कार्यालय रहेको श्री नवोदय बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले शनिबार बुधवारे शाखाबाट बचत तथा ऋण कारोवार सञ्चालन गरेकाे छ ।

बुधवारेमा शाखाकाे द्घाटन प्रमुख अतिथी बुद्ध शान्ति उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र चापागाईले गरेका थिए। उद्घाटन पछि आफ्नो मन्तव्यका क्रममा सहकारीले सदस्यको भावना अनुसार काम गरे मात्र सदस्यको मन जित्न सफल हुने प्रमुख अतिथीले बताए ।

संस्थाका अध्यक्ष शरण कुमार पराजुलीले संस्थाको हाल सम्मको गतिविधी र सेवा सुविधाका बारेमा जानकारी गराएका थिए ।

सहकारी र लघुवित्त गरी दुईवटा कार्यक्रम मार्फत सदस्य विच कारोवार गर्दै आएको सहकारीले २०७२ बैशाख १ गतेबाट बुधवारेमा लघुवित्ततर्फ कार्यक्रम सन्चालन गरिरहेको संस्थाका व्यवस्थाक फणिन्द्र बहादुर कार्कीले जानकारी दिए ।

बुधवारे सेवा केन्द्रमा  १ हजार १ सय ६१ जना सदस्य रहेकाे,  ६५ लाख ५४ हजार ३ सय रुपैया शेयर रकम जम्मा भएको, सदस्यबाट १ करोड ६२ लाख ८६ हजार ४९० रुपैया बचत संकलन भएको छ भने लगानी तर्फ ३ करोड ५६ लाख ७४ हजार ४६१ रुपैया रहेको व्यवस्थापक कार्कीले जानकारी दिए ।

सस्थाले प्रदान गर्ने सेवा अन्तरगत बुधवारे शाखामा सदस्य मृत्यु सुविधा बापत ७९ लाख ४ हजार ४ सय रुपैया, पतिको मृत्यु सुविधा ५ लाख ७ हजार ६८० रुपैया सदस्यलाई औषधी उपचार बापत १६ हजार ५ सय, प्रसुति सुविधा १ लाख ४१ हजार आवास सुविधा ४ हजार रुपैया वितरण गरेको सस्थाले जनाएको ।

सेवाकेन्द्र सन्चालक समितिका संयोजक खगेन्द्र बारकोटीको अध्यक्षतामा भएको कार्यक्रममा हातेमालो सहकारी सस्थाका अध्यक्ष गोविन्द पौडेल, बुधवारे वातावरण संरक्षण समितिका अध्यक्ष भिम निरौला सेवाकेन्द्र सन्चालक समितिका सदस्य मनमाया पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए भने लेखा समिती संयोजक डम्बर पौडेलले स्वागत मन्तव्य राखेकाे  साे कार्यक्रमकाे सन्चालन रविन सुव्बाले  गरेका थिए ।

प्रतिकृया दिनुहोस्